Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

निर्वाचन आयोगले तोक्यो राष्ट्रियसभा सदस्य निर्वाचनका लागि मतदान केन्द्र


  • जन प्रहार
  • प्रकाशित मिति बिहिबार, पुष १ २०७८
  • 5.7K
    SHARES

काठमाडौं । निर्वाचन आयोगले आगामी माघ १२ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि मतदान केन्द्र निर्धारण गरेको छ ।

आयोगका अनुसार प्रदेश १ मा २ र अन्य ६ वटा प्रदेशमा १-१ वटा मतदान केन्द्रभित्र २-२ वटा मतदानकेन्द्र रहने गरी ८ वटा मतदान स्थलमा १४ वटा मतदान केन्द्रहरु निर्धारण गरिएको छ ।

आयोगका अनुसार निर्वाचनका लागि प्रदेश सभा सदस्यहरु ५३२ तथा पालिका प्रमुख र उपप्रमुखहरु १४९३ गरी कुल २०२५ जना मतदाता हुनेछन् ।

प्रदेश १ मा पालिका प्रमुख तथा उपप्रमुखका लागि विराटनगरस्थित प्रदेश निर्वाचन कार्यालय र प्रदेशसभा सदस्यहरुका लागि वाली संरक्षण प्रयोगशाला मतदान स्थल तोकिएको छ ।

यसैगरी प्रदेश २ मा महेन्द्र नारायण निधि भवन, बागमती प्रदेशमा औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडको सभागृह, गण्डकी प्रदेशमा पोखरास्थित प्रदेश निर्वाचन कार्यालय, लुम्बिनी प्रदेशका लागि दाङस्थित कर्मचारी मिलन केन्द्र, कर्णाली प्रदेशका लागि सुर्खेतस्थित प्रदेश निर्वाचन कार्यालय र सुदूरपश्चिम प्रदेशका लागि धनगढीस्थ्ति प्रदेश सभा भवनमा मतदान केन्द्र रहने आयोगले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४