Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

भावावेशमा राजीनामा दिने निर्णय गरेको होइन : रिजाल


  • जन प्रहार
  • प्रकाशित मिति बिहिबार, पुष १ २०७८
  • 9.3K
    SHARES

काठमाडौं । नेपाली कांग्रेसको महामन्त्रीमा व्यहोरेको पराजयसँगै रक्षामन्त्रीबाट राजीनामा दिएका डा. मिनेन्द्र रिजालले आफूले भावावेशमा निर्णय नगरेको बताएका छन् ।

शेखर कोइराला टिमबाट महामन्त्रीमा उम्मेदवारी दिएका उनी ठूला मतान्तरले पराजित भए । प्रारम्भिक मत परिणाममा आफू पराजित हुने संकेत देखेसँगै उनले राजीनामा दिने घोषणा गरे । अन्तिम मत परिणाम आएसँगै प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर उनले राजीनामा पत्र बुझाएका छन् ।

लगतै रक्षामन्त्रालयमा पत्रकार सम्मेलन गरेका रिजालले भावावेशमा निर्णय नलिएको बताए । उनका अनुसार पार्टीका नेताद्धय रामचन्द्र पौडेल र कृष्ण सिटौलाले यसो गर्न आवश्यक छ र भनेर सोधेका थिए भने पार्टीका सभापति समेत रहेका प्रधानमन्त्रीले साच्चै (राजीनामा) गर्ने हो र ? भनेर प्रश्न गरेका थिए ।

  • रक्षामन्त्री रिजालले दिए राजीनामा

अबका दिनमा जे गर्छु भन्ने लागेको थियो, त्यसका लागि जे राजनीति आवश्यक थियो, त्यो आफूसँग नरहेकाले राजीनामा दिने निर्णय गरेको डा. रिजालले बताए ।
उनले भने, ‘निकै ठूलो मतान्तरले हारिसकेपछि आफ्नो अनुहार त राम्रो छ भन्न बहाना खोज्नु राम्रो होइन । चार वर्ष कांग्रेस चल्नुपर्छ, त्यसका लागि मेरो यो (रक्षामन्त्रीबाट राजीनामा दिने) निर्णय उपयुक्त छ ।’

  • रक्षामन्त्री मिनेन्द्र रिजालले बुझाए राजीनामा

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४