शेखर कोइराला प्यानलबाट महामन्त्रीमा उम्मेदवारी दिएका गगन थापा सबैभन्दा अगाडि हुँदा सोही प्यानलका अर्का उम्मेदवार मिनेन्द्र रिजाल भने पाँचौ स्थानमा छन् ।
१८९५ मत गणना हुँदा गगन थापाले सबैभन्दा बढी १२९४ मत पाएका छन् । विश्वप्रकाश शर्माले ८२७ मत पाएका छन् । प्रकाशशरण महतले ६२०, प्रदीप पौडेलले ६६८ र मिनेन्द्र रिजालले ३२९ मत पाएका छन् ।
अर्का उम्मेदवार विमलेन्द्र निधि समूहका डाक्टर राजाराम कार्कीले भने ५८ मत मात्रै पाएका छन् ।
