Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

आजको राशिफल – Aajako Rashifal


  • जन प्रहार
  • प्रकाशित मिति बिहिबार, पुष १ २०७८
  • 2.5K
    SHARES

२०७८ पुस १ गते बिहीवार, १६ डिसेम्बर २०२१। मार्ग शुक्लपक्ष, त्रयाेदशी तिथि। भरणी नक्षत्र, ९ः०४ बजेदेखि कृत्तिका। चन्द्रराशि– मेष, १५ः३८ बजेदेखि वृष।

मेष – ARIES

चु, चे, चो, ला, लि, लु, ले, लो, अ

कामना पूर्ण हुनेछ र स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ। लक्ष्यअनुसार समयमै काम सम्पादन हुनेछ। पहिलेको सफलताले पनि हौसला जगाउनेछ। व्यापारमा फाइदा हुनेछ। प्रेम र मित्रताको बन्धन पनि कसिनेछ। मध्याह्नपछि प्रशस्त धन आर्जन हुनेछ। मिहिनेतले नाम, दाम र इनाम हातपार्न सफल भइनेछ। अध्ययनको लगावले बौद्धिक क्षेत्र फराकिलो बन्नेछ। अवसरले पछ्याउने समय छ।

वृष – TAURUS

इ, उ, ए, ओ, बा, बि, बु, बे, बो

अपिरिचित व्यक्तिको विश्वास गर्दा धोका हुनेछ। भैपरी आउने खर्च बढ्नुका साथै अर्थअभाव देखापर्न सक्छ। व्यवसायमा लगानी बढाउनुपर्ने स्थिति आउनेछ। खर्च लागे पनि लामो यात्रा हुने सम्भावना छ। टाढाका साथीभाइसँग सम्पर्क बढाउने समय छ। साँझतिर आफन्तसँग भेटघाट हुनुका साथै स्वादिष्ट खानपानको आनन्द प्राप्त हुनेछ। तारिफयोग्य कामले लाेकप्रियता दिलाउनेछ।

मिथुन – GEMINI

का, कि, कु, घ, ङ, छ, के, को, ह

व्यापार, साझेदारी र सट्टापट्टामा लाभ मिल्नेछ। श्रमको उचित मूल्यांकन हुनेछ। सञ्चित धनको उपयोगले फाइदा हुनेछ। प्रतीक्षा गरिएको काम बन्नेछ। तर अरूका लागि धन खर्च हुनेछ। साँझतिर धनमाल बाहिरिने समय रहेको हुँदा सतर्कता अपनाउनुपर्नेछ। खर्चको मात्रा बढ्नेछ। खाँचाे टार्न कर्जा समेत लिनुपर्ला। परिस्थितिवश आफन्तबाटै टाढिनुपर्ने अवस्था आउन सक्छ।

कर्कट – CANCER

हि, हु, हे, हो, डा, डि, डु, डे, डो

प्रयत्न गर्दा राम्रो उपलब्धि हातलागी हुनेछ। रोकिएको काम बन्नेछ भने जिम्मेवारी बढ्न सक्छ। व्यापारमा प्रशस्त फाइदा हुनेछ। विशेष भेटघाटले काममा उत्साह बढाउला। सामाजिक दायित्व हातलागी हुनेछ। साँझतिर श्रमको उचित मूल्यांकन हुनेछ भने प्रतीक्षा गरिएको लाभांश प्राप्त हुनेछ। अरूलाई प्रभावित पारेर फाइदा उठाउन सकिनेछ। दाम, इनाम र प्रतिष्ठा प्राप्त हुनेछ।

सिंह – LEO

मा, मि, मु, मे, मो, टा, टि, टु, टे

नसोचेको अवसरले नयाँ जिम्मेवारी दिलाउन सक्छ। टाढिएका साथीभाइ नजिकिनेछन् भने मित्रता नै दिगो लाभको संवाहक बन्न सक्छ। शुभचिन्तकहरू प्रशस्तै फेला पर्नेछन्। चुनौतीहरू स्वतः हट्नेछन् भने कर्मयोग र आम्दानीले पछ्याउनेछन्। साँझतिर अधुरा कामसमेत सम्पादन हुनेछन्। धेरैले कामको तारिफ गर्नेछन्। पदीय जिम्मेवारी प्राप्त हुन सक्छ। मान-प्रतिष्ठा कमाउने बेला छ।

कन्या – VIRGO

टो, प, पि, पु, ष, ण, ठ, पे, पो

कामको चाप बढ्नेछ। प्रक्रिया नपुग्नाले बनिसकेको काम दोहोर्याउनुपर्ने हुन सक्छ। अवसरका लागि केही दौडधुप गर्नुपर्ला। समस्या दर्साउँदा शुभचिन्तकहरूले साथ दिनेछन्। काम पूर्ण नभए पनि मिहिनेतले लाभ दिलाउनेछ। प्रतीक्षा गरिएको उपलब्धि साँझतिर प्राप्त हुनेछ। व्यापारतर्फ पनि दिगो फाइदाको काम बन्नेछ। कीर्तिमानी काम बन्नाले मूल्यवान् वस्तु लाभ हुन सक्छ।

तुला – LIBRA

र, रि, रु, रे, रो, ता, ति, तु, ते

वादविवादले केही समस्या निम्त्याए पनि साथीभाइको सहयोगले काम बन्नेछ। रमाइला तथा मनाेरञ्जनपूर्ण क्रियाकलापमा सहभागी भइनेछ। प्रेम र मित्रताको बन्धन कसिलो हुनेछ। सुन्दर पहिरनले व्यक्तित्वमा निखारता आउनेछ। मनग्गे अर्थ लाभ पनि हुनेछ। साँझतिर स्वास्थ्य कमजोर हुनाले काम रोकिन सक्छ। फजुल खर्च बढ्नाले अर्थअभाव हुनेछ। आँटेका काममा बाधा हुनेछ।

वृश्चिक – SCORPIO

तो, ना, नि, नु, ने, नो, या, यि, यु

प्रतिस्पर्धामा उत्रनुपरे पनि विभिन्न अवसर प्राप्त हुनेछन् र मनग्य लाभ हुनेछ। भौतिक साधन जुट्नाले दिगो फाइदा हुने काम सुरु हुनेछ। परिस्थितिको अनुकूलताले प्रतिष्ठा जोगाउन सफल भइनेछ। मेहनतले प्रतिस्पर्धाको दौड जिताउन सक्छ। यात्राको प्रक्रिया अघि बढ्नेछ। पुरुषार्थी काम सिद्ध गर्ने समय छ। साँझतिर प्रियजनसँग भेटघाट हुनेछ। प्रेम र मित्रताको बन्धन कसिनेछ।

धनु – SAGITTARIUS

ये, यो, भ, भि, भु, ध, फा, ढ, भे

आँटले सजिलै लक्ष्यमा पुर्याउनेछ। सुखद समाचारले आजको दिन उत्साहपूर्ण रहनेछ। अध्ययनको लगावले बौद्धिक क्षेत्र फराकिलो बन्नेछ। प्रतिष्ठित काम सम्पादन गर्ने समय छ। व्यापार, पशुपालन तथा कृषि क्षेत्रबाट राम्रो लाभ मिल्ने योग छ। सन्तान वा अनुयायीको साथले पनि हिम्मत जगाउनेछ। दिगो फाइदा हुने काम सम्पादन गर्न सकिनेछ। साँझतिर केही विवादास्पद काम गर्नुपर्ला।

मकर – CAPRICORN

भो, ज, जि, खि, खु, खे, खो, गा, गि

साथीभाइसँग सम्बन्ध चिसिनाले समस्या उत्पन्न हाेला। काम बिग्रने डरले सताउनेछ। बेसुरमा दिइएको वचनले पनि समस्या निम्त्याउन सक्छ। अरूको फाइदाका लागि उपयोग भइनेछ। महत्त्वपूर्ण योजना तत्काल सार्वजनिक नगर्नुहोला। साँझतिर स्थितिमा सुधार आउनाले फाइदा हुनेछ। स्वास्थ्यबाधा हुनाले काममा साेचेकाे उपलब्धि नभए पनि बुद्धिको उपयोगले लाभ उठाउन सकिनेछ।

कुम्भ – AQUARIUS

गु, गे, गो, सा, सि, सु, से, सो, द

साहसी काम गरेर अरूको मन जित्न सकिनेछ। प्रतीक्षित नतिजाले पनि उत्साह जगाउनेछ। व्यावसायिक काममा राम्रै फड्को मार्न सकिनेछ। कामको उच्च मूल्यांकन हुनेछ भने लगनशीलताले विशेष अवसर दिलाउनेछ। रोकिएका काम बन्नुका साथै नयाँ काम प्रारम्भ हुनेछन्। साँझितिर भने साथीभाइसँग विवाद हुने र आफ्नैबाट धाेका पाइने सम्भावना देखिन्छ। काम बिग्रने डरले पनि सताउन सक्छ।

मीन – PISCES

दि, दु, थ, झ, ञ, दे, दो, च, चि

मिहिनेतले मानसम्मान दिलाउनेछ। अध्ययनमा प्रगति हुनुका साथै बौद्धिक क्षमतामा निखारता आउनेछ। बोली र विचारका प्रशंसकहरू बढ्नेछन्। बुद्धिको उपयोगले विद्या, धन आर्जन हुनेछ। सानो प्रयत्नले काम बन्नेछ। साँझमा आयस्रोत बढ्नुका साथै दिगो फाइदा हुने काम सुरुवात हुनेछ। नियमित काममा साबिकजस्तै फाइदा भइरहनेछ। आलोचकहरूलाई व्यवहारले समेट्ने प्रयास गर्नुहोला।

# नेपाली पात्रोबाट साभार गरिएको

# उपप्रा. लक्ष्मीप्रसाद बराल (फलितज्योतिषाचार्य) ९८४१३५२१६४

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४