Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

ढुंगानामाथिको जाँचबुझ आयोगको प्रतिवेदन अर्थ मन्त्रालयमा गायब !


  • जन प्रहार
  • प्रकाशित मिति बुधबार, मंसिर २९ २०७८
  • 4.1K
    SHARES

काठमाडौं । धितोपत्र बोर्डका निवर्तमान अध्यक्ष भीष्मराज ढुंगानामाथि छानविन गर्न गठित जाँचबुझ आयोगको प्रतिवेदन अर्थ मन्त्रालयमा नै ‘गायब’ भएको छ ।

सर्वोच्च अदालतले ढुंगानामाथिको जाँचबुझ प्रतिवेदन पेश गर्न आदेश दिएकोमा अर्थ मन्त्रालयले प्रतिवेदन नभेटिएको भनी जवाफ दिएको छ । धितोपत्र बोर्डको अध्यक्षबाट बर्खास्तीमा परेका ढुंगानाले सरकारको निर्णयविरुद्ध गत कात्तिक ७ गते सर्वोच्च अदालतमा रिट दिएका थिए ।

सो मुद्दामा सुनुवाइ गर्दै २१ मंसिरमा न्यायाधीश तेजबहादुर केसीको इजलासले उनलाई निलम्बन गर्दा र पदबाट हटाउँदा कारवाही गरिएको सबै फाइल अनि जाँचबुझ आयोगको प्रतिवेदनसमेत लिएर आउन अर्थ मन्त्रालयका नाममा आदेश दिएको थियो ।

बुधबार सोही मुद्दा न्यायाधीश प्रकाशमान सिंह राउत र डा. कुमार चुडालको इजलासमा सुनुवाइ हुँदा अर्थ मन्त्रालयले अरु सबै कागजात पठाए पनि उनीमाथि छानविन भएको जाँचबुझ आयोगको प्रतिवेदन पेश गरेन ।

सरकारले ढुंगानामाथि छानबिन गर्न न्यायाधीश अनन्तराज डुम्रे नेतृत्वमा एक जाँचबुझ आयोग गठन गरेको थियो । सो आयोगले अर्थ मन्त्रालयमा प्रतिवेदन बुझाएको थियो ।

‘जाँचबुझ आयोगका पदाधिकारीहरुले दुई थान प्रतिवेदन अर्थमन्त्रीज्यूलाई बुझाउनुभएको रहेछ, अहिले खोज्दा मन्त्रालयमा त्यो भेटिएन भन्ने जवाफ आएको छ’ सर्वोच्च अदालत स्रोतले भन्यो, ‘आज पनि इजलासमा त्यसबारे सोधपुछ भयो । अरु कागजात पेश भएपनि त्यो प्रतिवेदन नभेटिएको भन्दै अदालतमा पेश हुन सकेन ।’

बुधबार ढुंगानाको पक्षका कानून व्यवसायीहरुको बहस नसकिएपछि मुद्दा हेर्दाहेर्दैमा राखिएको छ ।

अर्थमन्त्रालयका प्रवक्ता रितेश शाक्यले जाँचबुझ आयोगको प्रतिवेदनका विषयमा आफूलाई केही थाहा नभएको प्रतिक्रिया दिए ।

पूँजीबजारको नियमनकारी निकायको नेतृत्वमा बसेर पद र शक्तिको दुरुपयोग गरेको आरोपमा अर्थ मन्त्रालयले ढुंगानामाथिको कारवाही प्रक्रिया अघि बढाएको थियो । उनीमाथि शेयर बजारको गोप्य सूचना चुहावट गरेको आरोप थियो ।

बुक बिल्डिङ विधिबाट शेयर निष्कासन गर्ने तयारीमा रहेको सर्वोत्तम सिमेन्टको शेयर जारी नहुँदै ढुंगानाले आफ्नी छोरी रेविकाको नाममा शेयर खरीद गरेको खुलेपछि मन्त्रिपरिषदले उनीमाथि छानबिन गर्न समिति गठन गरेको थियो । आयोगले ढुंगानामाथि भ्रष्टाचारको आरोपमा छानविनको प्रक्रिया अघि बढाउन सिफारिस गरेको थियो । सोही सिफारिसको आधारमा मन्त्रिपरिषदले ढुंगानालाई बर्खास्त गरेको थियो ।

शुरुमा आफूमाथि गैरकानूनी रुपमा कारवाही प्रक्रिया अघि बढाइएको भन्दै सर्वोच्च गएका ढुंगाना बर्खास्तीपछि सरकारको निर्णय रोक्नुपर्ने माग गर्दै सर्वोच्च गएका थिए ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले शेयर बजारको भित्री कारोबारलाई सघाएको आरोपमा ढुंगानामाथि छानबिन गरिरहेको छ । साथै छोरी रेविकाको नाममा शेयर लिएको आरोपमाथि पनि अनुसन्धान चलिरहेको अख्तियार स्रोतको भनाइ छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४