Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

सेयर बजार ७९ अंकले घट्दा एउटा कम्पनीमा भने सकारात्मक सर्किट


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, मंसिर २७ २०७८
  • 3.8K
    SHARES

काठमाडौं । आइतबार ८९ अंकले घटेको सेयर बजारमा सोमबार पनि पहिरो गएको छ ।

बजार परिसूचक नेप्से सोमबार ७९ अंकले घटेर २२ सय ८२ विन्दुमा थामिएको छ । यस्तै ठूला कम्पीको कारोबार गर्ने सेन्सेटिभ इन्डेक्स पनि १२ अंकले घटेर ४ सय ३७ अंकमा झरेको छ ।

हिजो ३ अर्ब ८२ करोडको कारोबार भएकोमा आज भने कारोबार रकम बढेर ३ अर्ब ९९ करोड पुगेको छ । यस दिन सबै उपसूचकहरु ऋणात्मक रहे ।

निर्जीवन बीमा कम्पनी समूह ५ सय ४५ अंक, जीवन बीमा ४ सय २५, विकास बैंक २ सय ११, माइक्रोफाइनान्स १ सय ८७ अंकले ओरालो लागेको छ ।

सबै समूह ओरालो लागे पनि एउटा कम्पनीको सेयर मूल्य भने लगभग १० प्रतिशतले बढेको छ । गोरखा फाइनान्स लिमिटेडको सेयर ६७ अंकले बढेर ७ सय ७२ रुपैयाँ पुगेको छ ।

बोटलर्स नेपाल, युनिलिभर नेपाल, माउन्टेन इनर्जी लगायतका केही कम्पनीका लगानीकर्ताले नाफा कमाउँदा १ सय ८२ कम्पनीका लगानीकर्ताले घाटा बेहोर्नुपर्यो ।

यस दिन २ सय २३ कम्पनीका ९६ लाख ७९ हजार ७२ सेयर किनबेच भएको नेपाल स्टक एक्स्चेन्जले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४