Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

सेनाकाे क्याभलरीमा २ सय १६ घोडा, एउटा घोडाको लागि एकजना सैनिक परिचालन


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, मंसिर २७ २०७८
  • 11.1K
    SHARES

काठमाडौं । सरकारको औपचारिक कार्यक्रममा बडेमानका चिल्ला खाइलाग्दा घोडा तपाईंले देखेको हुनुपर्छ । अझ घोडेजात्रामा यस्ता घोडाले रोमाञ्चक खेल देखाउने गर्छन् ।

सरकारले पालेका अधिकांश यी घोडा विदेशबाट उपहार प्राप्त हुन् । यिनीहरूका आ–आफ्नै विशेषता छन् । अचम्म त के छ भने एउटा घोडाको स्याहारमा एउटै व्यक्ति खटिएका हुन्छन् ।

यस्ता घोडा कहाँ पालिन्छ ? यिनीहरूको विशेषता के हो ? यो खुल्दुली धेरैलाई भएको हुनसक्छ । सरकारका औपचारिक कार्यक्रम, गन्यमान्यको बिहेवारीमा बग्गी तान्न वा पर्व विशेषमा यी घोडा सार्वजनिक गरिन्छन् ।

नेपाली सेनाको क्याभलरीमा राखिएका २ सय १६ घोडाका आ–आफ्नै विशेषता छन् । तिनीहरू सामान्य नभएर तालिमप्राप्त विशेष घोडा हुन् । यहाँ रहेका तीनवटा तबेला जसको नाम घोडाकै नामबाट नामाकरण गरिएको छ । भाग्य, नारायणी र डमरु ।

यहाँ रहेका घोडामध्ये सबैभन्दा बढी उमेरकाे घोडा हो जंगे । जुन भारत सरकारबाट नेपाललाई उपहारमा प्राप्त भएको हो । घोडेजात्रा पर्वमा बढी प्रयोगमा ल्याइएको जंगेलाई अहिले विश्राम दिइएको छ ।

यी तबेलामा रहेका घोडाको नामाकरण नेपालका हिमालसँग जोडिएका छन् । विशेष गरी यहाँ भारत, पाकिस्तान र स्पेनबाट ल्याइएका घोडा छन् । स्पेनबाट उपहार स्वरुप प्राप्त भाग्य नामको घोडाकोकेही समयअघि मृत्यु भएपछि अहिले त्यसैको नाममा तबलाको नामाकरण गरिएको छ ।

भाग्य राजपरिवारका सदस्यहरूले चढ्ने प्रमुख घोडा थियो । घोडाको स्याहारसुसारमा सेनाका २ सय बढी कर्मचारी खटिएका छन् । यहाँका घोडाहरूको बर्गीकरण गरी केही औपचारिक कार्यक्रम, केहीलाई घोडेजात्रा पर्व तथा केहीलाई अनौपचारिक काममा प्रयोग गर्ने गरिएको छ ।

सामान्यतया घोडा जन्मेको ३ वर्षपछि विभिन्न तालिमका लागि योग्य हुन्छन् । अचम्म त के छ भने यस ब्यारेकमा रहेका नेपाली सेनाका घोडचढीहरूले एउटै घोडा प्रयोगमा ल्याउने गर्दा रहेछन् ।

जुन घोडचढीले आफ्ना स्याहारचाकर गर्छ, उसप्रति घोडाले विशेष सामिप्य जनाउने बताइन्छ । खानपान, सररसफाई, तालिम हरेक विषयका तालिका छ । तालिकाअनुसार हरेक घोडा तयारी अवस्थामा बस्छन् । सरकारले पालेका घोडाको संसार आफैँमा रोमाञ्चक लाग्छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४