सहमहामन्त्रीमा महिलाबाट महालक्ष्मी उपाध्याय डिना (मकवानपुर), आदिवासी जनजातिबाट भीष्मराज आङ्देम्बे (पाँचथर), दलितबाट मानबहादुर विश्वकर्मा (अर्घाखाँची), मधेशीबाट महेन्द्र यादव (धनुषा), खस आर्यबाट किशोरसिंह राठौर (बर्दिया), थारुबाट उमाकान्त चौधरी (बारा), मुस्लिमबाट फरमुल्लाह मन्सुर (बारा) र पिछडिएको क्षेत्रबाट जीवनबहादुर शाही (हुम्ला) उम्मेदवार बनेका छन् ।
काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा सभापति शेरबहादुर देउवाले आफ्नो पक्षको पदाधिकारीको उम्मेदवार टुंगो लगाएका छन् । उनको प्यानलबाट उपसभापतिमा विजय गच्छदार र पूर्णबहादुर खड्का उम्मेदवार बनेका छन् ।
त्यस्तै महामन्त्रीमा डा. प्रकाशशरण महत र प्रदीप पौडेल उम्मेदवार बनेका छन् ।
