Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

केपी ओली सुध्रिने सम्भावना छैन : माधव नेपाल


  • जन प्रहार
  • प्रकाशित मिति शनिबार, मंसिर २५ २०७८
  • 2.1K
    SHARES

बुटवल । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले एमाले अध्यक्ष केपी शर्मा ओली सुध्रिने सम्भावना नरहेको बताएका छन् ।

समाजवादी प्रेस संगठन रुपन्देहीले शनिबार बुटवलमा गरेको पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष नेपालले ओलीलाई हिटलरसँग तुलना गर्दै ओली सुध्रिने सम्भावना नदेखेर नै आफूहरुले विद्रोह गरेको बताए ।

उनले कम्युनिष्ट आन्दोलन बचाउने हो भने एमाले भित्र रहेका सच्चा कम्युनिष्टहरू ओलीको भ्रमबाट मुक्त हुन आग्रह गरे । ‘केपी ओली निरंकुश प्रवृतिका पात्र हुन्, उनी सुध्रिदैनन्’ नेपालले भने, ‘एमाले ओलीको प्राइभेट कम्पनी जस्तै भएको छ, त्यसबाट मुक्त हुनुपर्छ ।

अध्यक्ष नेपालले आफूहरूले गरेको विद्रोह एमालेको चितवनमा भएको महाधिवेशनको तमासाबाट पुष्टि भएको दाबी गरे । उनले राप्रपा अध्यक्ष राजेन्द्र लिंगदेनलाई सामान्तवादको भूत जगाउने कोसिस नगर्न चेतावनीसमेत दिएका छन् । ‘राजेन्द्र लिंगदेनलाई भन्न चाहान्छु, प्रतिगामी सोच नराख्नुस्, पुरानो इतिहास दोहोरिदैन, नेपालले भने, ‘खोज्दै जाने हो भने त राणा शासन र दास प्रथा ल्याए भयो नि, तर पछाडि फर्कन सम्भव छैन ।

अध्यक्ष नेपालले पाँच दलीय गठबन्धन राष्टिय सभा चुनाव र उपनिर्वाचनसम्म कायम रहने बताए । उनले स्थानीय चुनाव वैशाखमा गर्ने वा तीनै तहको चुनाव एकै पटक गर्ने भन्ने विषयमा दलहरुबीच छलफल गरेर निष्कर्षमा पुगिने बताए ।

कांग्रेसको महाधिवेशनपछि सरकारका कामले गति लिने भन्दै नेता नेपालले आफ्ना मन्त्रीहरूलाई गर्न सकिने काममा मात्र केन्द्रित भई जनताले अनुभूति गर्ने गरी काम गर्न निर्देशन दिएको बताए ।

अहिलेको प्रमुख अन्तरविरोध राजसंस्था नभई दलाल नोकरशाही पुँजीवाद भएको अध्यक्ष नेपालले बताए । दलाल पुँजीवादले समाजका सबै अंगमा विकृति विसंगति हुर्काएको र दलका नेताहरू समेत यसमा चुर्लुम्म डुबेको अध्यक्ष नेपालको भनाइ थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४