Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

प्रतिगामी शक्तिलाई स्थापित गर्न राजनीतिक नेतृत्वलाई नकारात्मक देखाइयो : अध्यक्ष दाहाल


  • जन प्रहार
  • प्रकाशित मिति शुक्रबार, मंसिर २४ २०७८
  • 8.1K
    SHARES

काठमाडौं । नेकपा (माओवादी केन्द्र) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमा प्रतिगामी शक्तिलाई स्थापित गर्नका लागि राजनीतिक दलहरुलाई नकारात्मक देखाउन खोजिएको बताउनुभएको छ ।

शुक्रबार नेपाली कांग्रेसको १४औं महाधिवेशनमा शुभकामना दिन भृकुटीमण्डप पुग्नुभएका अध्यक्ष दाहालले राजेन्द्र लिङ्देनले गरेको टिप्पणीको जवाफ दिँदै राजतन्त्र स्थापित गर्न देशका राजनीतिक दलहरुलाई भिलेन देखाउन खोजिएको बताउनुभयो ।

सोही मञ्चमा राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले गाउँमा आजकल नेताहरुलाई चोर भन्ने गरेको बताउनुभएको थियो । उहाँले राजनीतिक दलका नेताहरुमाथि जनतामा नकारात्मक प्रभाव परेको भन्दै राजनीतिक नेतृत्व सुध्रिन आवश्यक रहेको बताउनुभएको थियो ।

अध्यक्ष दाहालले राजनीतिक दलहरुलाई एक्लै नहिड्न पनि सुझाव दिनुभयो । नेपाली कांग्रेसप्रति लक्षित गर्दै उहाँले एक्लै हिड्न खोज्ने अहंकार र घमण्ड नगर्न पनि आग्रह गर्नुभयो । उहाँले नेपाली कांग्रेस, गिरिजाप्रसाद कोइराला र शेरबहादुर देउवासँगको सम्बन्धको बारेमा स्मरण गर्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४