Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

यति धेरै पूर्व प्रधानमन्त्री एउटै मञ्चमा मैले आजसम्म देखेको थिइन : भाजपा नेता हर्ष वर्धन


  • जन प्रहार
  • प्रकाशित मिति शुक्रबार, मंसिर २४ २०७८
  • 3.9K
    SHARES

काठमाडौं । भारतीय जनता पार्टीका नेता एवं पूर्वमन्त्री हर्ष वर्धनले आफूले यति धेरै पूर्वप्रधानमन्त्रीलाई एकैपटक एउटा मञ्चमा नदेको बताउनुभएको छ ।

नेपाली कांग्रेसको १४औं महाधिवेशनमा शुभकामना सम्बोधन गर्दै नेता हर्ष वर्धनले आफूले आजको जस्तो कार्यक्रम आफ्नो राजनीतिक इतिहासमा अहिलेसम्म नदेखेको बताउनुभयो ।

‘मैले कुनै पनि कार्यक्रममा यति धेरै पूर्वप्रधानमन्त्री एउटै मञ्चमा बसेको देखेको थिइन,’ उहाँले भन्नुभयो, ‘म एकदमै अचम्ममा परेको छु ।’

नेपालको राजनीतिक दलहरुमा भएको एकताको भावनालाई सम्मान गर्नुपर्ने बताउँदै अन्य देशका नेताहरुले पनि यसलाई अनुसरण गर्नुपर्नेमा जोड दिनुभयो ।

‘एउटा पार्टीको महाधिवेशनमा देशका सम्पूर्ण राजनीतिक दलका शीर्ष नेताहरु देखेर मलाई अचम्म लाग्यो,’ उहाँले भन्नुभयो, ‘नेपालको यो संस्कारका अन्य देशका राजनीतिक दलहरूले पनि अनुसरण गर्नुपर्छ ।’

भारतीय केन्द्रीय मन्त्री समेत रहनुभएका हर्ष वर्धनले भारतले २०७२ सालमा आएको भूकम्प र कोभिडको समयमा पनि नेपाललाई सहयोग गरेको स्मरण गर्नुभयो । उहाँले नेपाल र भारतबीच हिन्दुत्वकोे सम्बन्ध रहेको समेत बताउनुभयो ।

कांग्रेस महाधिवेशनमा केपी शर्मा ओली, पुष्पकमल दाहाल र माधवकुमार नेपाल गरी तीनजना पूर्व प्रधानमन्त्री सहभागी छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४