‘कांग्रेसको महामन्त्री कुर्सीमा बस्ने मात्र होइन, पार्टीको लाइनको, कार्यदिशाको प्रस्तावक पनि हो’ उनले भने, ‘महामन्त्रीको कुर्सी कुनै बेला गणेशमान सिंह, सूर्यप्रसाद श्रेष्ठ, गिरिजाप्रसाद कोइराला बसेको कुर्सी हो ।’
उनले समुन्नत नेपाल कुनै गन्तव्य नभएको भन्दै यो निरन्तरको यात्रा हुने पनि बताए । कांग्रेसले समुन्नत नेपाल र सम्मानित नेपाली कार्यदिशामा अघि बढेपछि पार्टी आफैं बलियो बन्ने र नागरिकहरु पार्टीमा जोडिँदै आउने बताए ।
थापाले पार्टी चुनाव जित्न र सरकार चलाउन हो भन्ने नठान्न पनि आग्रह गरे ।
हेर्नुहोस् गगन थापाको दस्तावेज
