Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

नेपाली कांग्रेसमा सक्षम महिलाहरु नेतृत्वमा आउनुपर्छ : बिजुला बर्मा राणा केन्द्रीय सदस्य पदको उमेदवार जित निश्चित


  • जन प्रहार
  • प्रकाशित मिति बिहिबार, मंसिर २३ २०७८
  • 5.9K
    SHARES

सिन्धुलीकी जिल्लाको क्रियाशिल महिला नेतृ हुन् मध्ये बिजुला बर्मा राणा एक हुन् । नेपाली कांग्रेसको केन्द्रीय महाधिवेशन प्रतिनिधि तथा बागमती प्रदेश सभा सदस्य समेत रहेकी राणा कांग्रेसको १४ औं महाधिवेशनमा केन्द्रीय सदस्य पदको उमेदवारी दिएकी छन् । ३१ वर्षदेखि राजनीतिमा निरन्तर लागेकी बर्मासँग नेपाली कांग्रेसको महाधिवेशन तथा अन्य समसामयीक राजनीतिक विषयमा जन न्युज नेपाल खबर प्रतिनिधिले गरेको कुराकानीको संम्पादित अंश :

  • महाधिवेशनको तयारी कस्तो हुँदैछ ?

भव्य र सव्य ढंगले प्रक्रियागत रुपमा हाम्रो महाधिवेशनको तयारी भैरहेको छ । म बागमती प्रदेशको अधिवेशनमा हेटौंडा आएको छु । यहाँको माहोल देखेर आन्नद आएको छ । प्रदेश अधिवेशनमा धेरै संख्यामा उपस्थिति रहेको छ । कतिपय त यहाँको होटलहरुमा बस्ने ठाउँ नपुगेर चितवनको सौराह गएर बस्नुभएको छ ।

यो ५ वर्षमा कम्यूनिस्ट प्रतिको वितृष्णा र नेपाली कांग्रेसप्रतिको आकर्षण यहाँ देखिएको छ । यहाँको महाधिवेशनको रौनक एकदमै रमाइलो छ । हावापानी, खाना बस्नको सुविधा सबै राम्रो छ । यसरी सबै प्रदेशहरुमा अत्यत्तै उत्साहजनक ढंगले अधिवेशन भैरहेको छ । प्रदेश अधिवेशन सकिए लगतै हामी केन्द्रको महाधिवेशनमा होमिने छौं । यसरी नै हाम्रो महाधिवेशन अगाडि बढिरहेको छ ।

  • केन्द्रीय सदस्यमा उमेदवारी घोषणा गरिसक्नुभएको छ । तपाईको एजेण्डाहरु के के छन् ?

मेरो एजेण्डा भनेको मुख्यगरी पार्टी विधि र विधानमा चल्नपर्छ, विकासको लागि निति, समय र परिश्रम महत्वपूर्ण कुरा हो । पार्टी विधिमा चलेमा पार्टीले उत्पादन गर्ने नेता पनि सहि हुन्छ । यस अर्थमा पार्टीलाई विधि र विधानमा सञ्चालन गर्नपर्छ भन्ने मेरो एजेण्डा हो । पार्टी जनतामूखी हुनुपर्छ यसका लागि हामीले विगत देखि नै पार्टीमा आवज उठाउँदै आएका छौं, यसलाई अझै मूर्त रुप दिएर आगामी निर्वाचनमा पार्टीलाई बलियो बनाएर लैजान भूमिका खेल्ने मेरो एजेण्डा हो ।

  • नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा महिलाहरुको सहभागिता कस्तो छ ?

महिलाहरुको ३३ प्रतिशत संविधानले र हाम्रो पार्टी विधानले पनि सूनिश्चित गरेको कुरा हो । यसमा हामी अगाडि बढिसकेका छौं । वडा तह देखि नै हामी ३३ प्रतिशतलाई सुनिश्चित गर्दै आएका छौं ।

  • तपाईले केन्द्रीय सदस्य जित्ने आधारहरु केके छन् ?

मेरो जित्ने आधार भनेको म विद्यार्थी संघदेखि नै पार्टीमा सक्रिय भएको हो । देश भरिनै मेरो व्यक्तिगत सम्बन्ध पनि राम्रो छ । नेपाली कांग्रेसको राजनीतिमा लामो समय खर्चिएको छु, त्यस्तै योग्दानका कुरा गर्दा आन्दोलनका कुराहरु, एजेण्डाका कुराहरुमा मैले पार्टीलाई धेरै योग्दान दिएको छु । यी सबै कुराहरुले गर्दा मैले जित्ने आधार बलियो छ । आफ्नै भित्रि चाहानाले देश विकास गर्ने लक्ष्य लिएर अगाडि बढ्ने केहि महिलाहरु मध्ये म पनि एक हो । सबै साथिहरुले मलाई केन्द्रीय सदस्यमा उठ्न प्रेरित गरिरहनुभएको छ । यसले गर्दा मैले जित्ने निश्चित छ ।

  • केन्द्रीय पदाधिकारीमा महिलाहरुले जित्ने सम्भावना छ ?

३ जना महिला नेताहरुले सहमहामन्त्रिमा उमेदवारी घोषणा गरिसक्नुभएको छ । अन्य पदहरुमा पनि उमेदवारी दिनको लागि तयारीमा हुनुहुन्छ । जित्ने सम्भावना भने सबै नेता कार्यकर्ताले काम गर्न सक्नेहरुलाई जिताउने हो । यसले गर्दा नेपाली कांग्रेसमा धेरै सक्रिय महिला नेताहरु हुनुहुन्छ । विधानले र संविधानले पनि महिलालाई स्थान दिएको छ, समाजको दृष्टिकोण पनि बदलिएको छ । समाज र देशले महिला पनि नेतृत्वमा जान सक्छ भनेर मागिसकेको छ । त्यसैले पनि नेपाली कांग्रेसमा महिलाहरु जित्नुपर्छ ।

  • नेपाली कांग्रेसको नेतृत्वमा सरकार छ । सरकारले काम गर्न नसकेको भनेर चौतर्फी आलोचना भैरहेको छ । यसलाई कसरी हेर्नुभएको छ ?

सत्ता पक्षलाई विपक्षले आलोचना गर्नु स्वभाविक हो । जनताको जनुअपेक्षा र समृद्धिको सपनालाई यस अघिको कम्युनिस्ट सरकारले गन्जागोल बनाएको थियो, सबै सिस्टम नै बिग्रीएको बेलामा कांग्रेसले संविधानलाई संस्थागत गर्न देशको राष्ट्रियतालाई जोगाउन सत्तामा गएको हो । गठबन्धनको सरकार भएका गर्दा सबैको सहमतिमा काम गर्न कठिन भएको छ । तर पनि जनताको चाहाना अनुसार काम गर्न कांग्रेस सधैँ प्रयासरत छ ।

  • नेपाली कांग्रेसमा नेतृत्व परिवर्तनको कुरा उठेको छ । यो महाधिवेशनले नयाँ नेतृत्व चयन गर्छ ?

नेतृत्वले गर्दा पार्टी गतिहिन जस्तो भएको कुरा सत्य हो । वषौँ वर्षसम्म एकै जनाले पार्टी चलाउँदा ठिक भएन भन्ने पार्टीमा ठुलै लहर आइसकेको छ । अबको यो २१ औं शताब्दिको कम्पयूटरको जस्तो क्षमता लिएर युवाहरु अगाडि बढिरहेका छन् । त्यसले गर्दा हिजोको नेतृत्वले अब पार्टी र देश दुबै चल्दैन् । अब नयाँ नेतृत्व आउनुपर्छ भन्नेमा हाम्रो एक मत छ । यसको अर्थ नेताहरुलाई हामीले हेला गरेको भन्ने पनि होईन उहाँहरुलाई सम्मान गर्दै हामी अगाडि बढ्नपर्छ भन्ने हो ।

  • नेपाली कांग्रेस महाधिवेशनपछि कस्तो पार्टीको रुपमा स्थापित हुन्छ ?

महाधिवेशन भनेको मैदान हो । यहाँ विभिन्न टीमहरु प्रतिस्पर्धाको लागि निस्कन्छन् । महाधिवेशनमा समूहहरु सृजना हुनु स्वभाविक प्रक्रिया हो । हामीले सधैँ भन्ने गरेका छौँ की महाधिवेशनमा स्थापना भएको गूटहरु पछि सम्म झाँगीन हुँदैन त्यसले पार्टीलाई कम्जोर बनाउँछ । गूटको परम्परालाई यो महाधिवेशनले तोड्नुपर्छ । महाधिवेशनमा समूह भएपनि सकिएपछि एकताको शन्देस हामीले दिन सक्न पर्छ ।

  • कांग्रेसको महाधिवेशनमा वडा तह देखि नै विवादहरु धेरै भएका छन् । यसले कांग्रेस प्रतिको जनविस्वास गुम्यो नी ?

सिन्धुली जिल्लामा हामीले त्यस्तो घटनाहरु हुन दिएनौं । सौहार्द वातावरणमा अधिवेशन भयो । कुनैकुनै ठाउँमा सानातिना घटनाहरु भएका छन् । तर त्यति कारणले नेपाली कांग्रेसको जुन इतिहास छ । त्यो जनताले विर्सन्छन जस्तो लाग्दैन । कुनै व्यक्तिले गरेको कुकर्मले गर्दा नेपाली कांग्रेस पूर्णरुपमा बदनाम हुँदैन् । यस्ता गतिविधिहरुलाई हामी निरुत्साहि गर्दै जाने छौं ।

  • तपाई एक युवा नेता हुनुहुन्छ । तपाईको विचारमा एमसीसीलाई नेपालले पास गर्दा ठिक हुन्छ या फिर्ता गर्दा ?

एमसीसीको बारेमा सिंगो देश नै विवादमा फसेको छ । धेरै विदेशी लागनीहरु हाम्रो देशमा लागू भएका छन् । यो सबैलाई जबजाहेर छ । एमसीसीका पनि केही विवादित बुँदाहरुलाई संसोधन गरेर पास गर्न उचित हुन्छ । अमेरिकासंगको सम्बन्धलाई ध्यानमा राखेर र आफ्नो देशको पनि स्वतन्त्रता र राष्ट्रियतालाई ख्याल गरेर पास गर्नुपर्छ ।

  • आगामी निवार्चनमा कांग्रेसले बहूमत ल्याउँछ भनेर नेताहरुले धक्कु लगाएका छन् । बहुमत ल्याउने आधारहरु केके छ ?

यसमा कांग्रेस सबै भन्दा सर्वपरी लोकतान्त्रिक व्यवस्था बोकेको पार्टी हो । यसको आजसम्मको आन्दोलनहरु, देशमा गरेको परिवर्तनहरु जस्ता आफ्नै इतिहास छ । अहिलेको यो परिवर्तित समाजमा हामीले कांग्रेसलाई सबैसमक्ष तुल्याएर कांग्रेसको एजेण्डाको बारेमा सबैलाई बुझाएर जानुपर्ने चै देखिएको छ । लोकतन्त्र, आर्थिक, राजनीतिक, सामाजिक र शैक्षिक आयमहरुलाई अगाडि बढाउन कांग्रेस शसक्त भएर लाग्नुपर्छ । यी कारणहरुले गर्दापनि आगामी निर्वाचनपछि नेपाली कांग्रेस प्रमुख पार्टी भएर आउँछ र एकल सरकार बनाउँछ । कम्यूनिस्टहरु पतनको बाटोमा गइसकेको छ । नेपाली कांग्रेस मात्रै सर्वपरी पार्टी हो ।

  • अन्त्यमा, महाधिवेशनको बारेमा र तपाईलाई मतदान गर्न आउने प्रतिनिधिहरुलाई के भन्नुहुन्छ ?

जतिपनि केन्द्रयि महाधिवेशनका लागि आउनुभएका साथिहरु, जिल्ला सभापतिहरु सबैलाई म हार्दिक बधाई दिन चाहान्छु । कार्यकालको शुभकामना दिन चाहान्छु । त्यसैगरी नेपाली कांग्रेसको सभापति चुनिनु भनेको यो देशको नेतृत्व चुनिनु हो । कार्यसमिति चुन्नु भनेको नेता उत्पादन गर्नु हो । यहाँ हामीले धेरै विचार पुर्‍याउनुपर्छ ।

यदि गलत नेतृत्व चुनियो भने २० वर्ष गलत गरिन्छ । त्यसैले स्वच्छ छवि भएको काम गर्न सक्ने भिजन भएको नेतृत्वलाई हामिले छनोट गर्न सक्नुपर्छ । त्यस्तो नेतृत्वलाई मतदान गर्न सबैलाई आग्रह गर्छु । गुटको नाममा मतदान गरेर पछि पछुताउनु राम्रो होइन । त्यसैले नेतृत्व कार्यसमिति र केन्द्रीय सदस्यहरु पनि राम्रो छनोट गर्नुपर्छ । आज म बिजुला बर्मा राणा पनि ३२ वर्षदेखि राजनीतिमा लागेकीछु । लामो यात्रा तय गरेको र पार्टी र देशलाई सधैँ अगाडि बढाउन चाहान्छु त्यसैले सबैलाई बहूमूल्य मत दिएर जिताउन आग्रह गर्दछु ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४