काठमाण्डौ । नेपाली कांग्रेसकी नेत्री बिजुला बर्मा राणाद्वारा आसन्न १४ औं महाधिवेशनमा केन्द्रिय सदस्यमा उमेद्वारी दिने घोषणा गर्नुभएको छ ।
बाग्मती प्रदेश सांसद समेत रहेकी नेत्री राणाले पार्टीको १४औं महाधिवेशनका सन्दर्भमा गृहजिल्ला सिन्धुलीबाट केन्द्रिय सदस्य पदको आफ्नो उम्मेदवारी घोषणा गर्नुभएको हो।
पार्टीभित्रका देखिएका विभिन्न असहज परिस्थितिलाई मुल्यांकन गर्दै युवा नेतृत्त्वको आवस्यकता महशुस गरि आफुले उमेद्वारी दिन लागेको जन न्युज नेपाल खबर संवाददातालाई बताउनु भयो । अहिले एकातिर पार्टीको अवस्था अस्तव्यस्त भएको र अर्कोतिर स्थानीय, प्रदेश र संघीय निर्वाचन मार्फत पार्टी, राष्ट्र र लोकतन्त्रका लागि मजबुत कांग्रेस निर्माणमा लाग्न पनि आफूले कांग्रेस केन्द्रिय सदस्यको जिम्मेवारी लिन लागेको स्पष्ट पार्नुभयो ।

त्याग, जिम्मेवारी र साङ्गठनिकको कारण पनि आफु सक्षम र सबल रहेको बताउने नेत्री राणाको राजनैतिक पृष्टभूमि पनि उत्तिकै भूमिका योग्य छ । २०४७ सालमै नेविसंघ सिन्धुली क्यामपसको कोषाध्यक्षबाट आफ्नो राजनैतिक यात्रा शुरु गर्नु भएकी बिजुला बर्मा राणाले २०४७ देखि ०५१ सालसम्म नेविसंघको सिन्धुली जिल्ला समिति र जिल्ला महिला संघमा रहेर काम गर्नु भएको थियो। हाल प्रदेश माननीय रहनुभएकी राणाले तत्कालिन समयमै पार्टीको क्षेत्रीय सदस्य हुँदै २०४९ सालमा सिन्धुली जिल्ला कांग्रेसको जिल्ला सदस्य समेत भएर छोटो समय मै धेरै जिम्मेवारी सम्हालिसक्नु भएको थियो ।
नेपाली कांग्रेस जनकपुर-काठमाण्डौ सम्पर्क समितिको सह-सचिव भएर २०४९-५१ सम्म काम गर्दै २०५३ सालमा पद्मकन्या क्याम्पसको स्ववियु सह-सचिव र २०५५ मा पद्मकन्याकै उप-सभापति हुँदै २०५६-२०५९ नेपाल बिधार्थी संघको निर्वाचित केन्द्रिय सदस्यको भूमिकामा रहँदा छात्रा बिभाग प्रमुख हुँदै पुन: २०५९ – २०६१ मा नेपाल बिधार्थी संघको केन्द्रिय सदस्यमा निर्वाचित हुँदै २०६२ मै नेविसंघको केन्द्रिय उपाध्यक्ष हुनुभएको थियो।
नेपाली कांग्रेस भित्र युवाहरुको प्रतिनिधित्त्व हुनुपर्छ भन्ने मान्यता राख्नुहुने प्रदेश सांसद बिजुला बर्मा राणा २०४८ सालदेखि नै नेपाली कांग्रेसको निरन्तर क्रियाशील सदस्य रहँदै आउनु भएकी राणा २०६९ सालमा नेपाल महिला संघको केन्द्रिय महाधिवेशन प्रतिनिधिमा निर्वाचित हुँदै २०७० सालको संविधानसभामा समानुपातिक उमेदवार समेत हुनुभएको थियो ।
- मेरो प्रतिवद्दता र संघर्ष
लोकतान्त्रिक मूल्य मान्यता अनुसार चलेमा लोकतन्त्रमा मात्र देशको सर्वांगिक विकास सम्भब छ भन्ने मूल मन्त्र मेरो मनमस्तिष्कमा जब आयो तब देखि सारा महत्वपूर्ण समय संगठनको लागि दिई प्रत्यक्ष अप्रत्यक्ष रुपमा आफ्नो संगठनको विस्तार सुदृढीकरण र बिकासमा निरन्तरता दिदै २०४६ सालको जन आन्दोलन र २०६२-२०६३ को तेस्रो जन आन्दोलनमा जेलनेल सहित महत्वपूर्ण भूमिका निभाउदै आजसम्म आईपुग्दा निम्न पदहरुमा रही कम गरेको छु !
- सांगठनिक यात्रा
१ , २०४७ कोषाध्यक्ष ने.बि.संघ सिन्धुली क्याम्पस इकाई ।
२ , २०४७-२०५१ सदस्य ने.बि.संघ सिन्धुली जिल्ला कार्य समिति।
३ , २०४८-२०५१ सदस्य नेपाल महिला संघ सिन्धुली जिल्ला कार्य समिति।
४ , २०४८ सदस्य नेपाली कांग्रेस सिन्धुली जिल्ला क्षेत्रिय समिति क्षेत्र न. २ ।
५ , २०४९-२०५१ सदस्य नेपाली कांग्रेस सिन्धुली जिल्ला कार्यसमिति ।
६ , २०५१ सह-सचिव ने.बि.संघ जनकपुर काठमाडौँ सम्पर्क समिति ।
७ , २०५३ सह-सचिव ने.बि.संघ स्ववियु पद्मकन्या कलेज काठमाडौँ ।
८ , २०५५ उप-सभापति ने.बि.संघ स्ववियु पद्मकन्या कलेज काठमाडौँ ।
९ , २०५६-२०५९ सदस्य ने.बि.संघ केन्द्रीय कार्य समिति (निर्वाचित) ।
१० , २०५८ छात्रा बिभाग प्रमुख ने.बि.संघ केन्द्रीय कार्य समिति ।
११ , २०५९-२०६१ ने.बि.संघ केन्द्रीय कार्यसमिति (निर्वाचित) ।
१२ , २०६१-२०६२ उपाध्यक्ष ने.बि.संघ केन्द्रीय कार्य समिति ।
१३ , २०४८ साल देखि हालसम्म क्रियाशील सदस्य नेपाली कांग्रेस ।
१४ , २०६९ केन्द्रीय सदस्य नेपाल महिला संघ ।
१५ , २०६९ कोषाध्यक्ष प्रजातन्त्र सेनानी संघ सिन्धुली ।
१६ , २०७० समानुपातिक उम्मेदवार संबिधानसभा निर्वाचन ।
#“ राजनीति देश र जनतालाई केन्द्रमा राखेर गरिने त्याग र सेवाभाव हो । “
