Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

श्याम घिमिरेद्वारा केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा,को हुन घिमिरे ?


  • जन प्रहार
  • प्रकाशित मिति बुधबार, मंसिर २२ २०७८
  • 5.2K
    SHARES

काठमाडौं ।नेपाली कांग्रेसका केन्द्रीय सदस्य श्यामकुमार घिमिरले कांग्रेसको १४ औ महाधिवेशनमा केन्द्रीय सदस्यमै उम्मेदवार बन्ने घोषणा गर्नुभएको छ ।

बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गरेर घिमिरेले खस आर्य तर्फबाट पुनः केन्द्रीय सदस्यमै उम्मेदवारी दिने घोषणा गर्नुभएको हो । उम्मेदवारी घोषणा गर्ने क्रममा घिमिरेले १४ वटा बुँदामा आफ्नो प्रतिवद्धता समेत सार्वजनिक गर्नुभएको छ ।

१४ बुँदामा कांग्रेसको क्रियाशील सदस्यता आधुनिकीकरण गर्दै “सबैका लागि कांग्रेस” भन्ने अभियान संचालन गर्ने,जातीय,सामाजिजक विभेद र अपराधका घटनालाई निरुत्साहित गर्न राजनीतिक अगुवाइ गर्ने उल्लेख छ । त्यसैगरी खुला अर्थनीति,लगानी मैत्री वातावरण, रोजगारीको सिर्जना, आधुनिक र वैज्ञानिक कर प्रणाली,उद्यमशीलता सहितको राजनीति लगायतका विषय पनि प्रतिवद्धता पत्रमा समेटिएका छन् ।

सो अवसरमा घिमिरेले आफू सधैँ पार्टीभित्र एकता र संस्थागत निर्णयको पक्षमा रहेको भन्दै उहाँले महाधिवेशनपछि गुटगत तिक्तता समाप्त हुनुपर्नेमा जोड दिनुभयो ।

को हुन् घिमिरे ?
घिमिरे नेपाली कांग्रेसमा बौद्धिक नेताका रुपमा चिनिुनुहुन्छ । २०३६ सालमा नेपाल विद्यार्थीसंघ मार्फत राजनीतिक यात्रा शुरु गर्नुभएका घिमिरे,विद्यार्थी जीवनमा आर आर क्याम्पस जनकपुर र ठाकुरराम बहुमुखी क्याम्पसको स्ववियू सचिव बन्नु भएको थियो । उहाँ २०४६ सालदेखि भने विद्यार्थी राजनीति छोडेर कांग्रेसको राजनीतिमा लाग्नु भएको हो । घिमिरे २०४६ सालमा प्रजातन्त्र पुःन स्थापनाका लागि भएको जनआन्दोलनमा एरिया कमाण्डर हुनुहुन्थ्यो भने त्यसक्रममा जेल समेत पर्नुभएको थियो ।

उहाँ कांग्रेसको १२ औैं महाधिवेशनपछि तत्कालीन सभापति सुशिल कोइरालाको कार्यकालमा केन्द्रीय सदस्य हुनुहुन्थ्यो भने १३ औं महाधिवेशनपछि सभापति शेरबहादुर देउवाको कार्यसमितिमा पनि केन्द्रीय सदस्य बन्नुभयो । यसैगरी कांग्रेसमा घिमिरेको लेखा समिति संयोजक,१४ औं महाधिवेशनका लागि क्रियाशील सदस्यता छानविन समिति सदस्य,भातृ संगठन तथा विधान मापदण्ड मस्यौदा समिति सदस्य भएर काम गरेको अनुभव छ । यस अघि कांग्रेस केन्द्रीय सदस्यका रुपमा आफूले पाएको जिम्मेवारी कुशलताका साथ निर्वाह गर्दै आएकोले यसपटक महाधिवेशन प्रतिनिधिले आफ्नो मूल्यांकन गर्ने घिमिरेको भनाई छ ।

कांग्रेसको १४ औं महाधिवेशन मंसिर २४ देखि २७ गतेसम्म काठमाडौंमा हुँदैछ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४