Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

सभापतिको उम्मेदवार टुंग्याउन कांग्रेसको पौडेल समूहको पनि बैठक बस्दै


  • जन प्रहार
  • प्रकाशित मिति बुधबार, मंसिर २२ २०७८
  • 2K
    SHARES

काठमाडौं । सभापतिको साझा उम्मेदवार तय गर्न नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल समूहको बैठक बस्दैछ । मंगलबार दिनभर सभापतिका आकांक्षीसहित केन्द्रीय सदस्यहरूको बैठकले सभापति चयन गर्न नसकेपछि बुधबार फेरि नेताहरू छलफलमा जुट्ने भएका हुन् ।

नेता पौडेलका अनुसार आज बत्तिसपुतलीस्थित अनुपम फुडल्याण्डमा आफूनिकट जिल्ला सभापति, पूर्वजिल्ला सभापति, सात वटै प्रदेशका अध्यक्षका उम्मेदवार र क्षेत्रीय सभापतिहरुसँग सभापतिका उम्मेदवारबारे सुझाव लिने कार्यक्रम तय भएको छ । ‘उनीहरूको कस्तो सुझाव आउँछ, त्यही अनुसार हामीले सभापतिको उम्मेदवार तय गर्छाैं,’ नेता पौडेलले भने ।

पौडेल समूहमा सभापतिका लागि पौडेलसहित पूर्वमहामन्त्री प्रकाशमान सिंह र केन्द्रीय सदस्य डा. शेखर कोइरालाको दाबी छ । महामन्त्री डा. शशांक कोइरालाले सहमतिका लागि आफू सभापतिको दौडबाट बाहिरिएको घोषणा गरिसकेका छन् ।

नेता पौडेलले पनि सहमतिको बाधक नबन्ने बताएका छन् तर सभापतिका आकांक्षी सिंह र कोइरालाबीच समझदारी नभए आफैं अगाडि सर्ने पौडेलको रणनीति छ ।

सभापतिको उम्मेदवार टुंग्याउन नै सकस भइरहेका बेला पौडेल समूहबाट पदाधिकारीका उम्मेदवारको पनि टुंगो लागिसकेको छैन।

कांग्रेस महाधिवेशन मंसिर २४-२७ सम्म काठमाडौंमा हुँदैछ । शुक्रबार महाधिवेशन उद्घाटन हुनेछ भने शनिबार उम्मेदवार मनोनयन दर्ताको समय तोकिएको छ । मंसिर २७ गते अर्थात् सोमबार बिहानैदेखि मतदान प्रक्रिया सुरु हुने निर्वाचन कार्यतालिकामा उल्लेख छ ।

आजै उम्मेदवार चयन गर्न कांग्रेसको संस्थापन समूको बैठक पनि बस्दैछ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४