Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

अध्यागमनले फर्काइदियो दुबई उड्न लागेका ७६ यात्रु


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, मंसिर २१ २०७८
  • 5.5K
    SHARES

काठमाडौं । दुबई घुम्न जान लागेका ७६ जना यात्रुलाई त्रिभुवन अन्तर्राष्ट्रिय विभानस्थलस्थित अध्यागम कार्यालयले फर्काइदिएको छ ।

ललितपुरको जावलाखेलस्थित शुभेक्षा बहुउद्देश्यी सहकारी संस्थाबाट दुबई घुम्न जान लागेको बताएका उनीहरूलाई मानव ओसारपसारको आशंकामा फर्काइएको प्रमुख अध्यागम अधिकृत पुष्पराज शाहीले जानकारी दिए । ‘सहकारीको पत्र ल्याएर ७६ जना मान्छे आएका थिए । ७० प्रतिशत महिला थिए’ उनले भने, ‘मानव ओसारपसार जस्तै महिला ओसारपसार गर्न खोजेको हुनसक्छ । त्यसैले फर्कायौं ।’

नेपाल एयरलाइन्सको जहाजमार्फत दुबई उड्न लागेका ७६ जना मध्ये ७० प्रतिशतभन्दा धेरै महिला थिए । सहकारीबाट जान लागेको बताए पनि उनीहरू कुनै जानकारीविना एक्कासी एयर्पोर्ट आएको र कागजातसमेत नभएकोले फर्काइएको प्रमुख अधिकृत शाहीले बताए । यसअघि ४/५ जना महिलाहरू भए पनि पहिले नै जानकारी आउने गरेको उनको भनाइ छ ।

आइतबार राति ११ बजे उड्न लागेका उनीहरूले जम्मा चार दिनका लागि दुबई जान लागेको बताएका थिए । तर भिसा भने साढे एक महीनाभन्दा धेरैको रहेको शाहीले बताए । ‘कसैले प्रष्ट जवाफ दिन सक्दैनन्’ उनले भने, ‘भिसा एक-डेढ महीनाभन्दा धेरैको छ तर उनीहरु चार दिनका लागि जान लागेको बताउँछन्, महिलाहरूलाई त्यहाँ लगेर घरेलु काममा लगाउन हुनसक्छ ।’

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४