Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

बैंकमा बढ्यो निक्षेप, कर्जा-निक्षेप अनुपात भने उस्तै


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, मंसिर २० २०७८
  • 2.9K
    SHARES

काठमाडौं । पछिल्लो समय लगातार घटिरहेको बैंकहरुको निक्षेप गत साता भने वृद्धि भएको छ । एक सातामा ७ अर्ब रुपैयाँले निक्षेप बढेको नेपाल बैंकर्स संघले बताएको छ । अघिल्लो साता बैंकहरुको सात अर्ब रुपैयाँले नै निक्षेप घटेको थियो ।

३ मंसिरसम्म २७ वाणिज्य बैंकहरुमा ४२ खर्ब २६ अर्ब रुपैयाँ निक्षेप रहेको थियो । थप निक्षेप आउनुको सट्टा १० मंसिरमा उल्टै ७ अर्बले निक्षेप घटेर ४२ खर्ब १९ अर्बमा झरेको थियो । तर १७ मंसिरमा आइपुग्दा भने ७ अर्बले निक्षेप बढेर पुनः ४२ खर्ब २६ अर्ब रुपैयाँमा पुगेको संघले बताएको छ ।

निक्षेपमा झिनो सुधार भएको छ भने उता कर्जा दिने क्रम पनि बैंकहरुले रोकेका छैन । ७ अर्बले निक्षेप बढ्दा त्यसको दोब्बर अर्थात् १४ अर्ब रुपैयाँले कर्जा लगानी बढी भएको छ । १० मंसिरमा ४० खर्ब ५५ अर्ब रुपैयाँ रहेको बैंकको ऋण लगानी १७ मंसिरमा ४० खर्ब ६९ अर्ब रुपैयाँ पुगेको छ ।

बैंकहरु कर्जा विस्तारमा आक्रामक हुँदा कर्जा-निक्षेप अनुपात (सीडी रेसियो) मा भने सुधार हुन सकेको छैन । सीडी रेसियो अघिल्लो साता ९१ प्रतिशतभन्दा तल रहेकोमा यो साता ९१ दशमलव २४ प्रतिशत पुगेको संघले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४