Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

परीक्षा बोर्डले कक्षा ११ र १२ मा ‘डी प्लस’ ल्याउने विद्यार्थीलाई मात्र प्रमाणपत्र दिने


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, मंसिर १९ २०७८
  • 3.2K
    SHARES

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ र १२ मा प्रमाणपत्र प्रदान गर्ने निश्चित आधार तयार गरेको छ ।

बोर्डले अङ्कन पद्दति वा (रजिष्ट्रेशन नम्बरको शुरुको दुई अङ्क ७३ वा सोभन्दा कम भएका) अनुरुप परीक्षामा सहभागी विद्यार्थीहरुले कक्षा ११ र १२ का सबै विषयमा उत्तीर्ण भइ सैद्धान्तिकतर्फ न्यूनतम ३५ प्रतिशत र प्रयोगात्मक तर्फ न्यूनतम ४० प्रतिशत अङ्क प्राप्त गरेका विद्यार्थीलाई मात्र प्रमाणपत्र दिने मापदण्ड लागू गरेको छ ।

त्यस्तै अक्षराङ्कन पद्दति (रजिष्ट्रेशन नम्बरको शुरुको दुई अङ्क ७४ वा सोभन्दा बढी भएका) अनुरुप परीक्षामा सहभागी भइ कक्षा ११ र १२ का सम्पूर्ण विषयमा सैद्धान्तिकतर्फ न्यूनतम डी प्लस र प्रयोगात्मकतर्फ न्यूनतम सी ग्रेड प्राप्त गरेका विद्यार्थीले मात्र शैक्षिक प्रमाणपत्रका लागि निवेदन दिन सक्ने बोर्डले जनाएको छ ।

बोर्डका अनुसार कुनै विद्यार्थीले तोकिएको ग्रेड प्राप्त नगरी रकम दाखिला गरेमा उक्त रकम फिर्ता गर्दैन । शैक्षिक योग्यताका प्रमाणपत्र लिइ सकेका विद्यार्थीहरूले ग्रेडवृद्धि परीक्षा दिन नपाउने व्यवस्था बोर्डले गरेको छ ।

कुनै विषयमा सी वा डी प्लस प्राप्त गरी पुनः ग्रेडवृद्धिका लागि परीक्षा दिने विद्यार्थीहरुले ग्रेडवृद्धि परीक्षाको नतिजा आउनुपूर्व नै शैक्षिक प्रमाणपत्र लिएको खण्डमा पछिल्लो पटक दिएको ग्रेडवृद्धि परीक्षाको परीक्षाफल समावेश नहुने सो मापदण्डमा उल्लेख छ ।

ग्रेडवृद्धिको परीक्षा दिएका विद्यार्थीले उक्त पुरक परीक्षाको नतिजा प्राप्त भए पश्चात् मात्र शैक्षिक योग्यताका प्रमाणपत्रका लागि निवेदन पेश गर्न समेत बार्डले आग्रह गरेको छ ।

शैक्षिक प्रमाणपत्रहरू बापत ट्रान्स्कृप्ट, माइग्रेशन र प्रोभिजनल लिनका लागि विद्यार्थीले क्रमश ३५०, ४०० र ३५० गरी जम्मा रु. १ हजार १ सय तिर्नुपर्नेछ ।

कक्षा १२ को मौका परीक्षाबाट उत्तीर्ण भएका विद्यार्थीहरुले प्रमाणपत्रका लागि थप रु. ३५० बुझाउनुपर्ने व्यवस्था रहेको छ । बोर्डले विद्यालयले विद्यार्थीहरूसँग तोकिएभन्दा बढी शुल्क नलिन समेत अनुरोध गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४