Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

महाकाली राजमार्गमा जीप दुर्घटना, १० जना घाइते


  • जन प्रहार
  • प्रकाशित मिति बिहिबार, मंसिर १६ २०७८
  • 3K
    SHARES

बैतडी । महाकाली राजमार्ग अन्तर्गत बैतडीको दोगडाकेदार गाउँपालिका ३ तारलमा जीप दुर्घटना हुँदा १० जना घाइते भएका छन् ।

बैतडी सदरमुकामबाट बसालीका लागि छुटेको से १ ज २२६ नम्बरको जीप सतबाँझ–सिल्लेगडा सडकखण्डको तारलमा बिहीबार दिउँसो साढे ३ बजे दुर्घटनामा परेको हो ।

दुर्घटनामा परेर बैतडीको दशरथचन्द नगरपालिका-११ का २३ वर्षीय डम्बर महरा, दशरथचन्द नगरपालिकाकै ५५ वर्षीय खेमराज भट्ट, दोगडाकेदार गाउँपालिका-४ का सागर विष्ट, दोगडाकेदार-५ का भीम धामी, सोही ठाउँकै २५ वर्षीय दीपक कार्की, २७ वर्षीय वीरसिंह कार्की, उनकी २५ वर्षीया श्रीमती लक्ष्मी ८ महिने छोरा सौगात कार्की घाइते भएका छन् ।

यस्तै, दोगडाकेदार-५ का १९ वर्षीया दुर्गा धामी र दोगडाकेदार गाउँपालिका-७ का नरेश कार्की पनि घाइते भएका घटनास्थलबाट अस्थायी ट्राफिक प्रहरी पोष्ट सतबाँझका प्रहरी जवान मोहन विष्टले जानकारी दिनुभयाे ।

घाइतेमध्ये डम्बर, खेमराज, भीम, दीपक, वीर, लक्ष्मी र सौगातलाई थप उपचारको लागि डडेल्धुरा पठाइएको छ । अन्य घाइतेहरूलाई उपचारको लागि जिल्ला अस्पताल पठाइएको छ ।

चालकसहित ११ जना सवार जीप दुर्घटनालगत्तै खोचलेक प्रहरी चौकीका इञ्चार्ज मोती बमसहितको प्रहरी टोली र स्थानीय बासिन्दाले घाइतेको उद्धार गरेका थिए । दुर्घटनाग्रस्त जीप सडकबाट ३० मिटर तल खसेको छ ।

पानीले गर्दा सडक सतह चिप्लो र दुर्घटना भएको स्थानको सडक भासिएको जीप दुर्घटनामा परेको खुल्न आएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४