Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

एमाले महाधिवेशनः नेतृत्व चयनको मतदान जारी


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, मंसिर १४ २०७८
  • 6.9K
    SHARES

काठमाडौं । नेकपा एमालेको दसौं महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व छनौटका लागि अहिले मतदान भइरहेको छ । राति ९ बजेदेखि बिहान १ बजेसम्म मतदानको समय तय गरिएकोमा निर्धारित समयभन्दा सात घण्टापछि बिहान ४ बजेदेखि मात्रै मतदान सुरू भएको हो ।

अध्यक्षका प्रत्यासीद्वय केपी शर्मा ओली र भीम रावलले सुरुमै मतदान गर्नुभएको छ । त्यस्तै विष्णु पौडेल, प्रदीप ज्ञवाली, शेरबहादुर तामाङ्गलगायतका नेताले पति पहिलो लटमै भोट हाल्नुभएको छ । विद्युतीय मेसिनमार्फत जारी मतदान लगत्तै मतगणना हुने र त्यसको केही घण्टामै परिणाम सार्वजनिक हुने बुझिएको छ । प्रविधिमैत्री महाधिवेशनमा जोड दिएको एमालेले विद्युतीय मेसिङमार्फत मतदानको व्यवस्था मिलाएको हो ।

मतदानबाट केन्द्रीय अध्यक्षसहित पदाधिकारी, केन्द्रीय सदस्य र विभिन्न आयोगमा नेतृत्व छानिन लागेको छ । यसअघि अध्यक्ष केपी शर्मा ओलीले सर्वसम्मत बनाउने भन्दै ३ सय १ केन्द्रीय सदस्यसहित पदाधिकारीको नाम पेश गर्नु भएको थियो । उहाँले पेस गरेको प्रस्तावमा कतिपय पदमा सर्वसम्मत भएको छ भने कतिपय पदमा निर्वाचन हुने भएको छ ।

ओलीको सूचीमा असन्तुष्ट भएकाहरूले आफूले चाहेको पदमा उम्मेदवारी दिएका छन् । केहीमा भने ओलीले प्रस्ताव गरेकाहरू सर्वसम्मत चुनिएका छन् । ओली आफैं चुनावी प्रक्रियाबाट अध्यक्ष बन्नु पर्ने भएको छ । उपाध्यक्षमा पनि चुनाव हुने भएको छ । उपाध्यक्षमा ओलीले प्रस्ताव गरेका ६ जनालाई चुनौती दिँदै घनश्याम भुसालले उम्मेदवारी दिनु भएको छ । सात जना सचिव पनि मतदानबाट टुंग्याउनु पर्ने भएको छ । ७ जना सचिवका लागि ९ जनाको उम्मेदवारी परेको छ । भीम आचार्य र टंक कार्कीले ओलीले प्रस्ताव गरेको नाममा असहमति जनाउँदै उम्मेदवारी दिनु भएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४