Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

एमालेमा वरिष्ठ उपाध्यक्ष को ? ओलीलाई नेम्वाङले दिए तीन विकल्प


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, मंसिर १२ २०७८
  • 3.2K
    SHARES

                                                              सौराहामा एमाले नेता सुवासचन्द्र नेम्वाङ र शेरधन राई ।


, चितवन । अध्यक्ष केपी शर्मा ओलीबाहेक अरुलाई नेता नमान्ने अडानमा बसेका नेकपा एमालेको नेता सुवासचन्द्र नेम्वाङ सहमतिको तीन विकल्प अघि सारेका छन् ।

नयाँ नेतृत्व चयनका लागि सौराहमा चलिरहेको महाधिवेशनमा नयाँ कमिटीको नाम प्रस्ताव गर्ने सर्वाधिकार लिएका ओलीलाई  नेताहरु विष्णु पौडेल, शंकर पोखरेल, प्रदीप ज्ञवाली र पृथ्वी सुब्बा गुरुङले ३०१ केन्द्रीय सदस्यको सूची बुझाएका छन् । तर पदाधिकारीमा सहमति जुट्न सकेको छैन ।

रिष्ठ उपाध्यक्षमा ईश्वर पोखरेल र नेम्वाङको दाबी छ । नेम्वाङले ओली बाहेक अरुलाई नेता नमान्ने सन्देश प्रदेश १ का पूर्व मुख्यमन्त्री शेरधन राईमार्फत पठाएका थिए ।

स्रोतका अनुसार राईसँग भएको भेटमा ओलीले उसो भए विकल्प के छ र ? भनेर सोधेका थिए । उनले भने नेम्वाङले अघि सारेको तीन विकल्प सुनाएका छन् ।

  • पहिलो : वरिष्ठ उपाध्यक्ष पद नै खारेज गर्ने ।
  • दोस्रो : दुई वरिष्ठ उपाध्यक्षको व्यवस्था गर्ने ।
  • तेस्रो : निर्वाचन ।

स्रोतका अनुसार नेम्वाङ बरु चुनाव लड्ने, तर पोखरेललाई नेता नमान्ने अडानमा छन । महासचिव पोखरेलले वकिलले पार्टी चलाउँछ ? भनेर आफ्नो अपमान गरेको भन्दै नेम्वाङले भनेका छन्, ‘वकिलले पार्टी चलाउँछ कि चलाउँदैन हेर्न निर्वाचनमा जाऊँ ।’

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४