Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

प्रधानन्यायाधीश बाहेकको इजलास गठन गर्न बारको आग्रह


  • जन प्रहार
  • प्रकाशित मिति शुक्रबार, मंसिर १० २०७८
  • 2.1K
    SHARES

काठमाडौं । नेपाल बार एशोसियसनले प्रधानन्ययाधीश चोलेन्द्रशम्शेर राणा बाहेकको इजलास गठन गर्न आग्रह गरेको छ ।

शुक्रबार एशोसियसनका महासचिव अधिवक्ता लिलामणि पौडेलले विज्ञप्ति जारी गर्दै प्रधानन्यायाधीश राणबाहेकको इजलास गठन गर्न र प्रधानन्यायाधीश संलग्न इजलासमा नबस्न न्यायाधीशहरूलाई आग्रह गरेको छ । साथै त्यस्ता इजलासमा बहस पैरवी नगर्न कानुन व्यवसायीहरुसँग अनुरोध गरेको छ ।

यस्तै, एशोसियसनले सर्वोच्च अदालतमा गोला प्रणालीबाट इजलास गठन गर्ने प्रक्रिया कार्यान्वयनमा आउन लागेको कदमको स्वागत गर्दै देशभरका उच्च र जिल्ला अदालतमा पनि नियमावली संशोधन गरेर गोला प्रणाली अविलम्ब लागू गर्न जोडदार माग गरेको छ ।

प्रधानन्यायाधीशको राजीनामा माग्दै आन्दोलन चर्काइरहेको बारले राजीनामा नआएसम्म आन्दोलनका कार्यक्रमलाई थप सशक्त बनाउनेसमेत जनाएको छ ।कानुन व्यवसायी र न्यायाधीशको विरोधपछि मंसिर १५ गतेदेखि सर्वोच्च अदालतमा गोला प्रणालीबाट पेशी तोकिँदैछ । त्यसअघि बन्दी प्रत्यक्षीकरणका मुद्दामा मात्र सुनुवाइ हुने सर्वोच्च प्रशासनले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४