Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

७ दलका नेता एउटै मञ्चमा, देउवा र ओलीको ५ महिनापछि भेट


  • जन प्रहार
  • प्रकाशित मिति शुक्रबार, मंसिर १० २०७८
  • 5.1K
    SHARES

काठमाडौं।नेकपा एमालेको १० औं महाधिवेशनमा देशका प्रमुख राजनीतिक दलका नेताहरुलाई एउट मञ्चबाट संधोधन गर्ने अवसर जुराएको छ ।
शुक्रबार चितवनको नारायणगढ स्थित नारायणी नदी किनारमा भएको एमालेको महाधिवेशन उद्घाटन स्थलमा ५ दलका नेताहरु सहभागी भएका हुन् । कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा,एमाले अध्यक्ष केपी शर्मा ओली, जनता समाजवादी पार्टी(जसपा)का अध्यक्ष उपेन्द्र यादव, माओवादी केन्द्रका नेता लिलिमणि पोखरेल,राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष कमल थापा र लोकतान्त्रिक समाजवादी पार्टी(लोसपा) का अध्यक्ष महन्थ ठाकुरले एउटै मञ्चबाट एमालेको १० औं महाधिवेशनलाई सम्बोधन गरेका हुन् ।

गत असार २८ गते सर्वाेच्च अदालतको आदेशबाट ओली प्रधानमन्त्रीबाट हटेर देउवा प्रधानमन्त्री भएपछि दुबै नेताहरुबीच एउटै मञ्चमा यसरी औपचारिक रुपमा भेटघाट भएको थिएन । देउवा एमालेको महाधिवेशनकै लागि भनेर आजै चितवन पुग्नुभएको थियो । देउवा र ओलीको ५ महिनापछि भेट भएको हो । देउवाले एमाले महाधिवेशनमा सम्बोधन थर्नुभएको थियो ।
त्यसैगरी जसपाका अध्यक्ष यादव र लोसपाका अध्यक्ष ठाकुरलाई पनि एउटैमञ्चमा भेट हुने मौका एमाले महाधिवेशनले दिएको छ । जसपा फुटेर ठाकुरको नेतृत्वमा लोसपा बनेपछि दुबैबीच झण्डै पानी बाराबारको स्थिति रहेको थियो । यादव र ठाकुरले पनि महाधिवेशनमा सम्बोधन गरेका थिए ।
त्यसैगरी माओवादी केन्द्रका नेता लिलामणि पोखरेलले पनि सम्बोधन गर्नुभएको थियो । एमाले र माओवादीका नेताको गत फागुन २३ यता एउटै मञ्चमा भेट भएको पहिलो पटक हो । यसै गरी राप्रपा अध्यक्ष कमल थापा र राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले पनि सम्बोधन गर्नुभएको थियो ।
एमालेको १० औ महाधिवेशन आजबाट ३ दिनसम्म चल्नेछ । कहिबेर अघि उद्घाटन सत्रमा संम्बोधन सकिएसँगै सबै राजनीतिक दलका नेता मञ्चबाट बाहिरिएका छन् । नेर्तत्व चयनसँगै एमाले महाधिवेशन मंसिर १२ गते सकिनेछ । नारायणगढस्थित नारायणी नदी किनारमा उद्घाटनको कार्यक्रम सकिएसँगै बन्दसत्र सौराहमा हुँदैछ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४