Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

५० प्रतिशतभन्दा बढी स्थानीय तहमा एमालेले कब्जा गर्छ : अध्यक्ष ओली


  • जन प्रहार
  • प्रकाशित मिति शुक्रबार, मंसिर १० २०७८
  • 2.3K
    SHARES

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले स्थानीय तहका ५० प्रतिशतभन्दा बढी स्थानमा एमालेले कब्जा जमाउने बताउनुभएको छ ।

चितवनको नारायणी किनारमा आयोजित दशौं राष्ट्रिय महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै आगामी निर्वाचनमा पार्टीले आधा भन्दा बढी स्थानीय तहमा कब्जा जमाउने बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘अब ४० प्रतिशत होइन, ५० प्रतिशत स्थानीय तहमा एमालेले कब्जा गर्छ ।’

अध्यक्ष ओलीले बामपन्थी सरकार ढालेर दक्षिणपन्थी सरकार बनाउनेहरुले कम्युनिष्टको झण्डा हसियाँ हथौडा नछोडेको देख्दा आफू अचम्ममा परेको बताउनुभयो ।

‘हसियाँ हथौडाको झण्डा बोकेर बामपन्थीको सरकार ढाल्ने अनि दक्षिणपन्थीको सरकार बनाउने,’ उहाँले भन्नुभयो, ‘सबैले छाडिसके त, किन छाड्दैनन् म अचम्ममा पर्छु ।’

माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले लडाकु र द्वन्द्वपीडितको समस्या समाधान किन नगरेको भन्दै अध्यक्ष ओलीले प्रश्न गर्नुभयो । महाधिवेशनपछि पूर्वलडाकुहरु नेकपा एमालेमा प्रवेश गर्ने लहर चल्ने उहाँको दाबी छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४