Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

नबिल बैंकले सुरु गर्‍यो ‘नबिल स्कुल अफ सोसल इन्टरप्रेनरसिप’


  • जन प्रहार
  • प्रकाशित मिति शुक्रबार, मंसिर १० २०७८
  • 4.3K
    SHARES

काठमाडौं,  । नबिल बैंकले सामाजिक उद्यमशिलताको लागि नबिल स्कुल अफ सोसल इन्टरप्रेनरसिप सुरु गरेको छ ।

बैंकले त्रिभुवन विश्वविद्यालयको व्यवस्थापन संकाय स्कुल अफ म्यानेजमेन्टसँग कार्यक्रमको सम्झौता गरेर सरुवात गरेको छ ।

बैंकले सुरु गरेको सामाजिक उद्यमशिलता कार्यक्रमले समाजमा उद्यमशिलताको माध्यमबाट सामाजिक समस्याको दीर्घकालिन समाधान गर्ने उद्देश्य लिएका बताएको छ ।

यस कार्यक्रममार्फत बैंकले स्थानीय समुदायको सामाजिक उद्यम क्षमता र नेतृत्व विकासको लागि आवश्यक सीप र वित्तीय सहयोग प्रदान गर्ने बताइएको छ । त्यस्तै यस कार्यक्रम अन्तर्गत सामाजिक उद्यमशीलता प्रमाणपत्र र फेलोशिप कार्यक्रम गरी दुई किसिमका रहेका छन् ।

जस मध्ये पहिलो चरणमा सातै प्रदेशको एक–एक वटा क्याम्पसँग सम्झौता गरेका नविल बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाहले बताउनुभयो । कार्यक्रमले सातै प्रदेशलाई समेट्ने गरी प्रत्येक प्रदेश वा विश्वविद्यालयसँग सहकार्य गरी वार्षिक ७ सय विद्यार्थीलाई सामाजिक उद्यमी बन्न बैंकको सहयोग हुने उहाँले बताउनुभयो ।

नबिलको एसएसई कार्यक्रमको दुवै कोर्ष पूरा गरेको व्यक्ति उद्यमशीताको स्पष्ट सोच विकास गरी नयाँ सामाजिक उद्यमको मोडल गर्दै बैंकबाट ऋण लिएर सामाजिक उद्यम सुरु गर्ने अपेक्षा बैंकको रहेको बताइएको छ ।

कार्यक्रमले १८ देखि ५० वर्षभित्रका इच्छुक व्यक्तिलाई उद्यमको सुरुवात गर्न सहयोग गर्न लक्ष्य राखेको छ । यस कार्यक्रममा सहभागी हुन चाहने व्यक्तिले तोकिएको मापदण्ड अनुसार निवेदन दिन सक्नेछन् । तालिम अविधमा खान बस्ने सबै सुविधा उपलब्ध हुने बैंकले बताएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४