काठमाडौं । नेकपा एमालेको चितवनमा भइरहेको महाधिवेशनमा जाने सवारीको चाप बढेपछि नागढुंगामा जाम भएको छ । काठमाडौंको प्रमुख नाकाका रुपमा रहेको नागढुंगामा सवारीको अधिक चापका कारण सवारीको आवागमन सुस्त भएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले बताएको छ ।
महाशाखाका प्रहरी उपरीक्षक तथा प्रवक्ता सञ्जीव शर्मा दास नगढुंगामा सवारीको आवामगन प्रभावित भइरहेको बताउँछन् । ‘सुरुङमार्ग बनिरहेको स्थानभन्दा माथि जाम छ,’ उनले भने,’तर, जाम हुन नदिन उचित व्यवस्थापनको प्रयास भइरहेको छ ।’