Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

कैलालीका-४ निर्वाचन क्षेत्रको सभापतिमा संस्थापन पक्षको जित


  • जन प्रहार
  • प्रकाशित मिति बुधबार, मंसिर ८ २०७८
  • 2.6K
    SHARES

धनगढी । कैलालीका ५ वटा प्रतिनिधिसभा निर्वाचन क्षेत्रमध्ये ४ वटामा नेपाली कांग्रेसको नयाँ नेतृत्व चयन भएको छ ।

काँग्रेस कैलालीका प्रचारप्रसार विभाग प्रमुख नृपबहादुर सुनारले सबै क्षेत्रमा निर्वाचन प्रक्रियामार्फत क्षेत्रिय समिति र महाधिवेशन प्रतिनिधि चयन भएको जानकारी दिए । उनकाअनुसार निर्वाचन क्षेत्र नम्बर १ मा निवर्तमान सभापति भुवन अधिकारीलाई पराजित गर्दै सचिव प्रकाश शाह सभापतिमा विजयी भएका छन् ।

क्षेत्र नम्बर १ बाट काँगेस सुदूरपश्चिम संसदीय दलका नेता डा. रणबहादुर रावल, पूर्व कृषि राज्यमन्त्री जनक चौधरी र तत्कालीन जिल्ला विकास समितिका सभापति नारायण मिश्र लगायत २५ जना महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएका छन् । मिश्र बाहेक क्षेत्रीय समिति र महाधिवेशन प्रतिनिधिमा निर्वाचित सबै सभापति देउवा पक्षीय उम्मेदवार हुन् ।

निर्वाचन क्षेत्र नम्बर २ मा निवर्तमान सभापति रामबहादुर बिष्टलाई पराजित गर्दै लम्कीचुहा नगरपालिका–२ का निर्वाचित वडाध्यक्ष विष्णु ढकाल सभापतिमा निर्वाचित भएका छन् ।

ढकालले ३५७ र विष्टले २९५ मत पाए । महाधिवेशन प्रतिनिधितर्फ पौडेल समूूहका कमल शाह बाहेक सबै सभापति देउवा पक्षीय उम्मेदवार विजयी भएका छन् ।

क्षेत्र नम्बर ३ मा गोकेन्द्र भण्डारीलाई पराजित गर्दै रीता चौधरी सभापतिमा निर्वाचित भएकी छन् । चौधरीले ३०८ र भण्डारीले १५३ मत पाए ।

क्षेत्र नम्बर ४ मा बसन्त रोकाया (ललित) प्यानलसहित सभापतिमा विजयी भएका छन् । निवर्तमान सभापति दिनेशराज जोशीलाई पराजित गर्दै रोकाया सभापति निर्वाचित भएका प्रचारप्रसार विभाग प्रमुख सुनारले बताए । क्षेत्रीय सभापतिमा निर्वाचित सबै सभापति शेरबहादुर देउवा पक्षका हुन् ।

यो क्षेत्रमा मतगणनामा विवाद भएपछि महाधिवेशन प्रतिनिधिको निर्वाचनको मतपरिणाम सार्वजनिक गरिएको छैन ।

क्षेत्र नम्बर ५ मा नयाँ नेतृत्व चयनका लागि मंगलबार साँझ अबेर मतदान सकिएको थियो । यहाँ अहिले मतगणना जारी रहेकाले अन्तिम मत परिणाम आउन समय लाग्ने नेताहरुले बताएका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४