Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

कांग्रेस मकवानपुरको जिल्ला अधिवेशन केन्द्रीय महाधिवेशनपछि


  • जन प्रहार
  • प्रकाशित मिति बुधबार, मंसिर ८ २०७८
  • 2.8K
    SHARES

हेटौंडा । नेपाली कांग्रेस मकवानपुरको जिल्ला अधिवेशन पार्टीको केन्द्रीय महाधिवेशनपछि मात्र हुने भएको छ ।

हेटौंडामा वाग्मती प्रदेश अधिवेशन गर्नुपर्ने र त्यसअघि जिल्ला अधिवेशन सम्पन्न गर्न तयारी नपुग्ने भएकाले अधिवेशन सार्ने निर्णय गरिएको जिल्ला सभापति इन्द्रबहादुर बानियाँले जानकारी दिए । जिल्ला समितिका पदाधिकारी र सल्लाहकारसहितको बैठकले जिल्ला अधिवेशन केन्द्रीय महाधिवेशनपछि गर्न निर्वाचन अधिकृतसमक्ष अनुरोध गरेको उनले बताए ।

मंसिर ७ गते मात्रै प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन गरिएको र वाग्मती प्रदेश अधिवेशन मंसिर १६ र १७ गते हेटौंडामा नै गर्नुपर्ने भएकाले जिल्ला अधिवेशन गर्न सम्भव नभएको निश्कर्ष निकालिएको सभापति बानियाँले बुधबाट हेटौंडामा आयोजित पत्रकार सम्मेलनमा बताए ।

‘भर्खरै मात्र वडादेखि क्षेत्रीय अधिवेशनहरु सकेका छौं । अब हेटौंडामै हुने प्रदेश अधिवशेनको तयारी गर्न ढिला भइसक्यो । त्यसअघि जिल्ला अधिवेशन सम्पन्न गर्न सम्भवै नहुने भयो । प्रदेश र केन्द्रीय महाधिवेशन प्रतिनिधि छानिइसकेकाले जिल्ला अधिवेशन नहुँदा प्रदेश र केन्द्रको महाधिवेशनलाई असर गर्ने पनि होइन । त्यसैले जिल्ला अधिवेशन सार्नु नै उचित देखियो’ उनले भने ।

उनले बागमती प्रदेश अधिवेशनलाई व्यवस्थित रुपमा सम्पन्न गर्न सबै किसिमको तयारीमा जुटिसकेको बताए । कांग्रेसको केन्द्रीय महाधिवेशन मंसिर २४, २५ र २६ गते हुँदैछ ।

मकवानपुरको दुई प्रतिनिधिसभा निर्वाचन क्षेत्रबाट ५२ जना महाधिवेशन प्रतिनिधि छनौट भएकोमा शेरबहादुर देउवा पक्षको ३७ जना, संस्थापन इतरबाट १४ जना छनौट भएका छन् । महाधिवेशन प्रतिनिधिमा छनोट भएका हेटौंडा–१, चौकीटोलका युवक राज मैनालीले भने आफू तटस्थ हैसियतमै निर्वाचित भएको बताएका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४