Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

सुर्खेतका दुवै निर्वाचन क्षेत्रमा देउवा पक्षको एकलौटी जित


  • जन प्रहार
  • प्रकाशित मिति बुधबार, मंसिर ८ २०७८
  • 3.8K
    SHARES

सुर्खेत क्षेत्र नम्बर १ का सभापति झकबहादुर डाँगी (बाँया) र क्षेत्र नम्बर २ का सभापति ईन्द्रबहादुर रावल


सुर्खेत । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत सुर्खेतका दुईवटै प्रतिनिधिसभा निर्वाचन क्षेत्रको अधिवेशनमा संस्थापन समूहले जित हात पारेको छ । क्षेत्रीय कार्यसमिति र महाधिवेशन प्रतिनिधिमा संस्थापनइतरका एक जना पनि चयन भएनन् । क्षेत्र नम्बर १ को सभापतिमा झकबहादुर डाँगीको प्यानल निर्वाचित भएको छ । डाँगीले सात सय १९ मत प्राप्त गर्दा उनका प्रतिद्वन्द्वी बलबहादुर वलीले १०३ मत प्राप्त गरेका छन् । जम्मा ९ सय १७ क्षेत्रीय प्रतिनिधिहरूमध्ये मंगलबार भएको निर्वाचनमा ८ सय ७४ मत खसेको थियो ।

क्षेत्रीय सचिवमा मोहन रानाले सात सय २० र पदम बहादुर खत्रीले ७१७ मत प्राप्त गरे । सह–सचिवमा प्रेमसिंह ठकुरीले ६ सय ८४ र यामलाल पंगालीले ६ सय ८७ मत प्राप्त गरी विजयी भएका छन् । यो क्षेत्रबाट महाधिवेशन प्रतिनिधिमा कांग्रेस महामन्त्री पूर्णबहादुर खड्का, उदय गिरी, ऋषिप्रसाद शर्मा, खड्गबहादुर पोखरेल, खिमानन्द ढकाल, देवबहादुर चन्द, नरहरी भट्टराई, लक्ष्मीदत्त पौडेल, हरिप्रसाद शर्मा, हिरामणि सुनार, अमृता शाही, खगिसरा आचार्य, धनकुमारी बुढा योगी, मैना विक, यामकुमारी बैगार, उदे कामीलगायत निर्वाचित भएका छन् ।

त्यसैगरी जिल्लाकै निर्वाचन क्षेत्र नं. २ को सभापतिमा संस्थापन पक्षका इन्द्रबहादुर रावलसहितको प्यानल विजयी भएको छ । रावलले ६४८ मत ल्याएर विजयी भएका छन् भने रामचन्द्र पौडेल पक्षका उम्मेदवार ललित भट्टराईले १९८ मत प्राप्त गरे । संस्थापनइतर समूहबाट कांग्रेस जिल्ला सभापति कमलराज रेग्मी, पूर्वमन्त्री शिवराज जोशी, खड्ग बस्याल लगायतका प्रभावशाली नेताहरु महाधिवेशन प्रतिनिधिमै पराजित भएका छन् । महाधिवेशन प्रतिनिधिमा उपेन्द्र थापा, कमलबहादुर खत्री, कालीप्रसाद शाक्य, टोपबहादुर रावत, तीर्थजंग शाही, नारायणप्रसाद सापकोटा, निरञ्जन केसी, यज्ञबहादुर बिसी, विष्णुकुमार खड्का, श्याम भारती, जानकी सिंह, धनादेवी विष्ट र मुक्तिदेवी पुरी निर्वाचित भएका छन् ।

यस्तै रुक्मिणी रेग्मी, डिल्लीराम पाठक, देवकुमार सुवेदी, विवेक आचार्य, जयमाया योगी, हजुरा शाही, पूर्णबहादुर राना, लोकबहादुर विश्वकर्मा, शान्ति पहाडी, सतार बक्स र भद्राकुमारी मिजार पनि महाधिवेशन प्रतिनिधि बनेका छन् । निर्वाचित सबै संस्थापन समूहका हुन् । यसअघि सम्पन्न प्रदेशसभा निर्वाचन क्षेत्रको अधिवेशनमा जिल्लाका चारवटै क्षेत्रमा संस्थापन पक्ष विजयी भएको थियो । जिल्लाका नौ स्थानीय तहमध्ये आठ वटाको नेतृत्वमा पनि संस्थापनले नै बाजी मारेको छ । यसअघि १३ औं महाधिवेशन अन्तर्गतको निर्वाचनमा काँग्रेसको आन्तरिक प्रतिस्पर्धामा संस्थापनइतर समूहको वर्चश्व रहेको थियो । तर १४ औं महाधिवेशन अन्तर्गत भै रहेका निर्वाचनमा भने जिल्लाभर नै कमजोर देखिएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४