अहिले सर्वोच्च अदालततिर प्रकट भइरहेको छ । हामीलाई फ्याकेको ब्रम्हास्त्र ठोक्किएर फर्किँदाखेरि आफैंलाई लागेर भएको छटपटी हो’ उनले भने, ‘…यो केही होइन, देखिएको त्यहाँ (सर्वोच्च अदालतमा) छ । तर पाँच दलीय छटपटी हो । यो कुराको प्रमाण सर्वोच्च अदालतका श्रीमान न्यायाधीशले अमेरिकाबाट इमेल पठाएर साविती वयान दिएका छन् ।’
ओलीले अदालतमा देखिएको आन्दोलनलाई नेकपा एमालेमाथि प्रहार गरिएको ब्रम्हास्त्र फर्किएर पाँच दलका नेताको टाउकोमा लागेको ब्रम्हास्त्रको संज्ञा दिए । ‘यस यस लडाईंमा ब्रम्हास्त्रको प्रयोग हुने ठाउँसम्म पुगेछ’ उनले भने ।
उनले न्यायिक क्षेत्रमा क्यान्सर भइसकेको तर धामीमार्फत उपचार खोजिएको पनि टिप्पणी गरे । ‘न्यायिक क्षेत्रमा क्यान्सर भइसकेको छ, तर त्यसको उपचार कसरी खोजिदैछ भने धामी बोलाएर, कुखुराको अण्डा ल्याएर,… दुनामा लगेर मन्सिने । त्यो विचरा अण्डा मन्साएर क्यान्सर निको हुन्छ ?’
ओलीले अघि भने, ‘अपरेसनको आवश्यकता छ । किमोको आवश्यकता छ । विमार त्यो तहमा पुगसिकेको छ ।’ उनले न्यायालयको समस्या कसरी समाधान गर्ने भन्ने विषयमा ठोस केही बताएनन् ।
