Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

सम्हालियो शेयर बजार, कारोबार रकममा पनि झिनो सुधार


  • जन प्रहार
  • प्रकाशित मिति बुधबार, मंसिर ८ २०७८
  • 3.3K
    SHARES

काठमाडौं । केही दिन यता लगातार जसो घटिरहेको शेयर बजार बुधबार भने सम्हालिएको छ । दिनभर भएको तीव्र उतारचढाव पछि कारोबार बन्द हुँदा १ दशमलव ८२ अंक्ले बढेर बजार बन्द भएको छ ।

झिनो अंकले नेप्से परिसूचक सकारात्मक देखिए पनि ‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स भने सकारात्मक देखिन सकेन । यद्यपि, कारोबार रकममा भने झिनो सुधार देखिएको छ । सोमबार ४ अर्ब पनि नपुगेको शेयर कारोबार रकम मंगलबार ४ अर्ब १६ करोड हाराहारीमा रोकिएको थियो ।

बुधबार भने कारोबार रकम ४ अर्ब २१ करोड नाघेको छ । दिनभर भएका ५४ हजार ७ सय ३ कारोबारबाट २२७ कम्पनीका ७४ लाख ४५ हजार २२७ कित्ता शेयर किनबेच भएका छन् ।

जसबाट कारोबार रकम ४ अर्ब २१ करोड ७४ लाख १५ हजार ३३७ रुपैयाँ पुगेको छ । बैंकिङ, व्यापार निर्जिवन बीमा कम्पनीहरुको कारोबार मापन गर्ने सबइन्डेक्सहरु घटेर नकरात्मक देखिएका छन् भने बाँकी सबै बढेका छन् । बुधबार धेरै कमाउनेमा मैलुङ खोला हाइड्रापावर कर्णाली विकास बैंक रहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४