अफगानिस्तानका लागि विशेष अमेरिकी प्रतिनिधि टोम वेस्ट नेतृत्वको टोलीले आगामी हप्ता ताइवानसँग वार्ता गर्ने समाचारमा उल्लेख छ ।
अमेरिका र तालिबानबीच दुई हप्तासम्म चल्ने वार्तामा इस्लामिक स्टेट (आईएस-के) तथा अलकायदाविरुद्धको लडाइँ, अफगानिस्तानको मानवीय संकट, संकटग्रस्त अर्थतन्त्रबारे छलफल हुने टीआरटी वर्ल्डले जनाएको छ ।
त्यस्तै, विगत २० वर्षदेखि अमेरिकाका लागि काम गरेका अफगान नागरिक तथा अमेरिकीहरूलाई काबुलबाट सुरक्षित साथ लैजाने विषयमा समेत छलफल हुनेछ ।
अमेरिकी विशेष दूत वेस्टले शुक्रबार मात्रै आर्थिक तथा कुटनीतिक सहायताका लागि तालिबानसमक्ष आफ्ना शर्त राखेका थिए ।
उनले आतंकवादविरुद्ध लड्नुपर्ने, समावेशी सरकार गठन गर्नुपर्ने, अल्पसंख्यक, महिला तथा बालबालिकाको अधिकार सम्मान गर्नुपर्ने र शिक्षा तथा रोजगारमा समान पहुँच दिनुपर्ने जस्ता शर्त राखेका थिए । एजेन्सीको सहयोगमा
