Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

सुर्खेत क्षेत्र नं. १ मा कांग्रेस महामन्त्री खड्कानिकट प्यानल निर्वाचित


  • जन प्रहार
  • प्रकाशित मिति बुधबार, मंसिर ८ २०७८
  • 2K
    SHARES

सुर्खेत । नेपाली कांग्रेस प्रतिनिधि सभा निर्वाचन क्षेत्रको अधिवेशनअन्तर्गत सुर्खेत क्षेत्र नं. १ मा कांग्रेस महामन्त्री पूर्णबहादुर खड्का निकट प्यानल नै निर्वाचित भएको छ ।

महामन्त्री खड्का केन्द्रीय महाधिवेशन प्रतिनिधि निर्वाचित भएका छन् भने क्षेत्र नं. १ को सभापतिमा झकबहादुर डाँगी निर्वाचित भएका छन् । यो महामन्त्री खड्काको निर्वाचन क्षेत्र हो ।

सभापतिमा संस्थापन समूहका झकबहादुर डाँगीले ७१९ मत ल्याएर विजयी हुँदा रामचन्द्र पौडेल समूहका बलबहादुर वलीले १०३ मत मात्रै ल्याएका थिए । यस्तै सचिवमा संस्थापन समूहका मोहन राना (७२०) र पदमबहादुर खत्री (७१७) मत ल्याएर विजयी भएका छन् ।

सहसचिवमा संस्थापन समूहका प्रेमसिंह ठकुरी (६८४) र यामलाल पंगाली (६८७) मत ल्याएर विजयी भएको निर्वाचन अधिकृत नारायण कँडेलले जानकारी दिए । निर्वाचन अधिकृत कँडेलका अनुसार प्रत्यक्षतर्फको पुरुष सदस्यमा पूर्णप्रसाद जैसी, भीमबहादुर बुढा र विनयकुमार सिंह निर्वाचित भएका छन् । प्रत्यक्षतर्फको महिला सदस्यमा भद्राकुमारी योगी विजयी भएकी छन् । खसआर्य पुरुष सदस्यमा प्रेमबहादुर बुढा र भीमबहादुर खत्री निर्वाचित भएका छन् ।

यस्तै क्षेत्र नम्बर १ बाट महाधिवेशन प्रतिनिधिमा महामन्त्री खड्कासँगै उदय गिरी, ऋषिप्रसाद शर्मा, खड्गबहादुर पोखरेल, खिमानन्द ढकाल, देवबहादुर चन्द, नरहरि भट्टराई, लक्ष्मीदत्त पौडेल, हरिप्रसाद शर्मा, हिरामणि सुनार, अमृता शाही, खगिसरा आचार्य, धनकुमारी बुढा योगी, मैना विक, यामकुमारी बैगार, उदे कामीलगायत निर्वाचित भएका छन् ।

महामन्त्री खड्काले ७३६ मत प्राप्त गरेका छन् । कांग्रेस विधान अनुसार केन्द्रीय पदाधिकारी र सदस्य स्वतः महाधिवेशन प्रतिनिधि हुने व्यवस्था भए पनि महामन्त्री रहेका खड्काले मंगलबार महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी दिएका थिए । कार्यकर्ताबाट अनुमोदित हुनका लागि निर्वाचन प्रक्रियामा सहभागी भएको उनले बताएका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४