पाली चलचित्रलाई युट्युबमा दर्शकले राम्रो साथ दिने गरेका छन् । जसको उदाहरण, केही दिनदेखि युट्युब ट्रेण्डिङमा कब्जा गरेका छन् ।
१० दिन अगाडि सार्वजनिक भएको चलचित्र ‘यात्रा’ले युट्युबको पहिलो स्थान कब्जा गरेको छ । सम्राट शाक्यको निर्देशनमा तयार भएको यो चलचित्रमा सलिनमान बनियाँ, मलिका महत, सलोन बस्नेत लगायतका कलाकारको अभिनय छ ।
यो चलचित्रबाट नै मलिका महतले रजतपटमा डेब्यु गरेकी थिइन् । तीन वर्षअघि हलमा प्रदर्शन भएको यो चलचित्र विभिन्न प्लेटफर्ममा पनि रिलिज भइसकेको छ । तर, युट्युबमा यो चलचित्रको क्रेज लोभलाग्दो नै देखिएको छ । चलचित्रले हलमा भने औसत व्यापार गरेको थियो ।
यस्तै, अहिले युट्युब ट्रेन्डिङको दोस्रो स्थानमा चलचित्र ‘लम्फू’ छ । गोपालचन्द्र लामिछानेको निर्देशनमा बनेको यो चलचित्रबाट नायक कविर खड्काले रजतपटमा डेब्यु गरेका हुन् ।
सार्वजनिक भएको ६ दिनमा ‘लम्फू’लाई युट्युबमा ११ लाख ६४ हजार पटक हेरिएको छ । चलचित्रमा कविर खड्का, सलोन बस्नेत, मरिष्का पोखरेल, चाँदनी शर्मा लगायतका कलाकारको अभिनय छ । बक्स अफिसमा सुपर फ्लप भएको यो चलचित्रलाई युट्युबमा भने रुचाइएको देखिन्छ ।
