मंगलबार सम्पादक तथा सञ्चारकर्मीहरुसँग कुरा गर्दै एमाले अध्यक्ष ओलीले भने, भरसक कर लगाएर उठिदिनुस् भन्न परोस्, कामको मूल्यांकनका आधारमा तपाईं बसिदिनुस् भन्न परोस्, भएन भने चुनाव हुनु राम्रो ।’
उनले अघि भने, ‘सहमतिका लागि दबाब दिन्नँ, लोकतन्त्र हो भनेर उकास्नुपर्छ भन्ने नीति पनि लिन्नँ ।’
पृष्ठभूमि जे भए पनि अहिले एमालेमा एउटै पक्ष मात्र रहेको समेत ओलीले बताए । ‘त्यसकारण यो पक्ष, त्यो पक्षको व्यवस्थापन भन्ने छैन । चुनाव लडेर भोट ल्याउनुपर्छ, त्यही हो व्यवस्थापन’ उनले भने ।
