Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

एमाले महाधिवेशन : प्रदेश १ का एक दर्जन नेता पदाधिकारीको आकांक्षी


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, मंसिर ७ २०७८
  • 3.5K
    SHARES

विराटनगर । प्रदेश १ बाट नेकपा एमालेको केन्द्रीय राजनीतिमा प्रभाव राख्ने एक दर्जन नेताहरूले १०औं महाधिवेशनबाट पदाधिकारी बन्ने आकांक्षा राखेका छन् । तर ती सबै नेताहरूले उम्मेद्वारी भने घोषणा गरेका छैनन् । एमाले नेताहरूको यो शैलीलाई ‘मोही माग्ने, ढुंग्रो लुकाउने प्रवृत्ति’ भनेर टिप्पणी गरिएको छ ।

नवौं महाधिवेशनमा निर्वाचित पदाधिकारी र केही केन्द्रीय सदस्यहरूले १० औं महाधिवेशनमा पदाधिकारीमा जाने इच्छा देखाउनेहरूमध्ये दुई जनाले मात्रै आफ्नो उम्मेदवारी घोषणा गरेका छन् । उपाध्यक्षमा एमाले प्रदेश १ अध्यक्ष देवराज घिमिरेले र सचिवमा गुरु बरालले मात्र उम्मेदवारी घोषणा गरेका छन् ।

एमालेको नेतृत्व झापाका केपी शर्मा ओलीले गरिरहेका छन् । १० औं महाधिवेशनबाट सर्वसम्मत अध्यक्ष बन्ने ओलीको योजनामा भीम रावलले चुनौती दिएका छन् । रावलले अध्यक्षमा आफ्नो उम्मेद्वारी घोषणा गरिरहेका छन् ।

एमाले नेता तथा पूर्व सभामुख सुभाष नेम्वाङले वरिष्ठ उपाध्यक्ष बन्ने इच्छा देखाएका छन् । वरिष्ठ उपाध्यक्ष बन्ने लाइनमा ईश्वर पोखरेल पनि छन् । इलामका बासिन्दा नेम्वाङले वरिष्ठ उपाध्यक्ष बन्ने इच्छा देखाए पनि उम्मेद्वारी घोषणा गरेका छैनन् ।

पूर्वमन्त्री लालबाबु पण्डित र एमाले प्रदेश १ अध्यक्ष देवराज घिमिरे उपाध्यक्ष बन्ने दाउमा छन् । झापाका घिमिरेले आफ्नो उम्मेद्वारी घोषणा गरिसकेका छन् । मोरङका बासिन्दा पण्डितले पनि उपाध्यक्षमा रुचि देखाएका छन् । ‘मेरो दाबेदारी पदाधिकारीमा रहन्छ,’ पण्डितले  भने, ‘सहमति भयो भने अध्यक्ष र महासचिव बाहेक जुनसुकै पदमा बस्छु, निर्वाचन भयो भने उपाध्यक्षमा उठ्छु ।’

एमाले सचिवमा प्रदेश १ का दुई पूर्व मुख्यमन्त्रीले इच्छा देखाएका छन् । प्रदेश १ का पहिलो मुख्यमन्त्री शेरधन राई र दोस्रो मुख्यमन्त्री भीम आचार्य सचिव बन्ने आन्तरिक लविङमा छन् । भोजपुरका राई र सुनसरीका आचार्य दुवैले उम्मेद्वारी भने घोषणा गरेका छैनन् । आचार्य एमालेको ९ औं महाधिवेशनबाट निर्वाचित सचिव हुन् । आचार्यले सचिवभन्दा तलको पदमा नउठ्ने बताइसकेका छन् ।

यसैगरी संखुवासभाका नेता राजेन्द्र गौतम र पर्शुराम मेघी गुरुङले पनि केन्द्रीय सचिवमा उठ्ने इच्छा देखाएका छन् । तर उम्मेद्वारी घोषणा गरेका छैनन् ।

एमाले केन्द्रीय सचिव योगेश भट्टराई, केन्द्रीय सदस्य हिक्मतकुमार कार्की, केन्द्रीय सदस्य गुरु बराल र भानुभक्त ढकाल पनि सचिवका आकांक्षी हुन् । तीमध्ये बरालले मात्रै उम्मेद्वारी घोषणा गरेका छन् । झापाका कार्की तत्कालीन मुख्यमन्त्री राईको कार्यकालमा प्रदेशमा आन्तरिक मामिला तथा कानूनमन्त्री थिए । कार्की निर्वाचन भए आफू सचिवमा उठ्ने बताउँछन् । ‘सचिवमा मेरो पनि दाबेदारी छ,’ उनले भने, ‘खुला रुपमा निर्वाचन हुनेभए उठ्छु ।’ सहमतिमा टुङ्ग्याउनु पर्ने अवस्थामा स्थायी कमिटीमा दाबी रहने उनले बताए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४