Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

आफू कमजोर देखिएपछि पार्टी गच्छदारले रोके सुनसरी तीनको मनोनयन दर्ता


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, मंसिर ७ २०७८
  • 3.6K
    SHARES

सुनसरी, -नेपाली कांग्रेसका उपसभापति विजयकुमार गच्छदारले सहमति गराउने भन्दै सुनसरी क्षेत्र नम्बर तीनको मनोनयन दर्ता नै रोकिदिएका छन् । जिल्लाका अन्य क्षेत्रमा मनोनयन सहज रूपमा भए पनि पार्टीका जिम्मेवार व्यक्तिबाटै सहमति गराउने बहानामा मनोनयन दर्ता कार्यक्रम नै रोकिएको हो । पार्टी उपसभापति गच्छदारले दबाब दिएपछि निर्वाचन कार्य तालीका समेत प्रभावित भएको छ । निर्वाचन समितिले जिल्लाभर एकै समय सोमबार बिहान १० बजे मनोनयन दर्ता गर्न भनेको थियो । सोही अनुसार समयमै पुगेका नेता कार्यकर्ताहरू मनोनयनै नगरी फर्किएका छन् । सकेसम्म सहमति गर्ने चुनाव नगर्ने रटान लगाउँदै आएका गच्छदारले चुनाव गर्ने समय नै तलमाथि गरिदिएपछि कार्यकर्ता समेत निराश भएका छन् । मंगलबार बिहान १० बजे मनोनयन दर्ता गराउने भन्दै निर्वाचन समितिले सूचना टाँसेर निर्वाचन कार्य तालीका सारेको थियो ।

सुनसरीमा चार नम्बर क्षेत्र बाहेक अन्य तीन क्षेत्रमा संस्थापन इतर बलियो देखिँदै आएको छ । गच्छदार आफ्नो क्षेत्रमा आफूलाई प्रभावशाली भन्न रुचाउँछन् । सोही अनुसार चुनाव भए आफ्नो पक्षले हार्ने डरले पनि सहमति खोजिरहेको एक नेताले बताए । गच्छदारले सुनसरी तीनको प्रदेश निर्वाचन क्षेत्रमा सहमति गराएका थिए । सभापतिमा इतर समूहका नेतालाई समर्थन गरे पनि महाधिवेशन प्रतिनिधिमा आफ्नो पक्षमा बहुमत पुर्‍याउने उनको योजना छ । सहमति गर्ने भन्दै उनले आफू पक्षका नेता तथा कार्यकर्तालाई घरमै बोलाएर छलफल गरिरहेका छन् । उनले फोरम लोकतान्त्रिक फोरम पक्षबाट क्षेत्रीय प्रतिनिधि बनाउने योजनासमेत गरेका छन् ।

संस्थापन पक्ष इतरका मेहेदी हुसेनले क्षेत्रीय सभापतिको उमेद्वारी दिने तयारी गरिरहेका छन् । आफ्नो पक्षमा सहमति भए मान्य हुने तर पार्टीप्रति बफादार नरहेको व्यक्तिलाई सहमतिको नाममा जिम्मेवार दिए आफूलाई मान्य नहुने हुसेनको भनाई छ । आम कार्यकर्ताको जनभावना बुझेर मात्रै सहमति गर्न पनि उनले आग्रह गरेका छन् ।

यता निर्वाचन समितिका अधिकृत वेद नारायण यादवले ३ नम्बर क्षेत्रका नेता तथा जिल्ला निर्वाचन कार्यालयको निर्णयबाट एक दिनका लागि चुनावको तालिका हेरफेर गरिएको जानकारी दिए । उनले भने, ‘मैले माथि सम्पर्क गरे । पार्टीको आन्तरिक चुनाव हो सार्नलाई कुनै समस्या नहुने भएकाले सल्लाह अनुसार नै सारेको हो ।’मंगलबार नेताहरूले सहमतिको पत्र बोकेर आउने बताएपछि एक दिनको समय दिएको उनको भनाई छ । यदि भोलि कुनै निकास ननिस्किए पर्सि चुनाव हुने समेत निर्वाचन समिति अधिकृत यादवले बताए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४