Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

मिल्दाजुल्दा अनलाइनबारे काउन्सिलमा छलफल


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, मंसिर ७ २०७८
  • 7.1K
    SHARES

काठमाडौ -अनलाइन व्यवस्थापनका विषयमा आज प्रेस काउन्सिल नेपालले सरोकारवाला निकायस“ग सुझाव लिएको छ ।Aकाउन्सिलले मिल्दोजुल्दो अनलाइनलाई दर्ता र सूचीकरण नगर्ने भएपछि त्यसको मापदण्डका विषयमा सुझाव लिइरहेको छ ।

सोही क्रममा नेपाल पत्रकार महासङ्घका कोषाध्यक्ष कलेन्द्र सेजुवाल, केन्द्रीय सदस्यहरू माधव पौडेल, बबिन शर्मा, रमेश खतिवडा, अनलाइन पत्रकार सङ्घका अध्यक्ष शिव सत्याल, मधेशी पत्रकार समाजका अध्यक्ष मोहन सिंह, प्रेस मञ्चका अध्यक्ष केशव अर्याल, प्रेस चौतारी नेपालका माधव तिवारीसहितका पत्रकारहरूले काउन्सिलको यो कदमको स्वागत गर्दै विवादरहित तवरले कार्यान्वयन गर्न सुझाव राखेका थिए ।
महासङ्घका कोषाध्यक्ष सेजुवालले सूचना विभाग र काउन्सिलबीच अझ समन्वय गरी अनलाइन दर्ता प्रक्रियालाई सहज बनाउनुपर्ने धारणा राख्नुभयो ।अनलाइन पत्रकार सङ्घका अध्यक्ष शिव सत्यालले मिल्दोजुल्दो नाममा कडाई गर्नु आवश्यक रहेको उल्लेख गर्दै काउन्सिलले समाचारको विषयवस्तुमा समेत गम्भीर हुनुपर्ने बताउनुभयो ।

उहा“ले हुबहु कपी गर्ने विरुद्ध सक्रियता जनाउनुपर्ने, क्षतिपूर्तिको समेत व्यवस्था भए झन् प्रभावकारी हुने बताउनुभयो ।
सञ्चार मन्त्रालयका उपसचिव संगिता ओझाले काउन्सिल मिडियाको अविभावक संस्था भएकाले यस्ता कार्यक्रम महत्वपूर्ण हुने भन्दै मन्त्रालयले मिडियाको विकासका लागि समन्वयकारी भूमिका निर्वाह गर्ने बताउनुभयो ।कार्यक्रममा काउन्सिलका अध्यक्ष बालकृष्ण बस्नेत र बोर्ड सदस्य लालबाबु शेखले प्राप्त सुझावलाई गम्भीर रुपमा लिई आवश्यक प्रक्रियामा लैजाने जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४