Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

परशुरामका मेयर कांग्रेस डडेल्धुराको सभापतिमा निर्वाचित


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, मंसिर ७ २०७८
  • 2.2K
    SHARES

धनगढी । डडेल्धुराको परशुराम नगरपालिकाका मेयर भीमबहादुर साउँद नेपाली कांग्रेसको जिल्ला सभापतिमा निर्वाचित भएका छन् । सोमबार सम्पन्न भएको जिल्ला अधिवेशनबाट साउँद सभापति पदका अर्का उम्मेदवार चुुडामणि ठकुुराठीलाई पराजित गर्दै निर्वाचित भएका हुन् ।

जिल्ला निर्वाचन समितिकाअनुसार साउँदले ठकुुराठीलाई ठूलो मतान्तरले पराजित गरेका छन् । साउँदले ७३४ मत पाउँदा ठकुुराठीले ७६ मत मात्रै प्राप्त गरेको निर्वाचन समितिले जनाएको छ ।

उपसभापतिममा लक्ष्मीप्रसाद अवस्थी र डिल्लीराज जोशी, सचिवमा हेमराज चटौत र शेरबहादुर भण्डारी विजयी भएका छन् भने सहसचिवमा प्रेमराज महर र गोबिन्दराज बोहरा निर्वाचित भए ।

कांग्रेस डडेल्धुराका तत्कालीन पार्टी सभापति कर्ण मल्लपक्षले असंवैधानिक तवरले वितरण गरिएका क्रियाशील सदस्यता खारेज गरेर पुनः वडा तहदेखिका अधिवेशन गर्न माग गरिरहेको छ । वरिष्ठ नेता रामचन्द्र पौडेल निकट मानिने मल्लपक्षीय नेताहरू पार्टी केन्द्रीय कार्यालय सानेपामा रिले अनशन बसेका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४