Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

चाक्सीबारी पुगेर शशांकले भने – सरी प्रकाशमानजी !


  • जन प्रहार
  • प्रकाशित मिति शनिबार, मंसिर ४ २०७८
  • 7.8K
    SHARES

काठमाडौं । नेपाली कांग्रेसको नेतृत्व दावी गरिरहेका महामन्त्री डा. शशांक कोइराला र पूर्वमहामन्त्री प्रकाशनमान सिंहबीच शनिबार भेटवार्ता भएको छ । नेता सिंहलाई भेट्न महामन्त्री कोइराला उनकै निवास चाक्सीबारी पुगेका थिए ।

भेटमा महामन्त्री कोइरालाले केही दिनअघि सर्लाहीमा गरेको टिप्पणीप्रति सिंहसँग माफी मागेका कोइराला निकटका एक नेताले बताए ।

गत सोमबार सर्लाहीमा भएको कार्यकर्ता भेटघाटमा शशांकले नेता सिंहलाई काठमाडौंबाहिर धेरैले नचिन्ने टिप्पणी गरेका थिए । नेता सिंहले काठमाडौंबाहिर चिन्दैन भन्नेलाई महाधिवेशनमा देखाउने जवाफ फर्काएका थिए ।

स्रोतका अनुसार छलफलको सुरुवातमै महामन्त्री कोइरालाले आफूले दिएको अभिव्यक्तिप्रति माफी मागेका थिए । ‘मैले अनौपचारिक कार्यक्रममा भनेको हुँ, तपाईं कमजोर हुनुहुन्छ भन्न खोजेको होइन’ महामन्त्री कोइरालाको भनाइ उधृत गर्दै उनी निकट एक नेताले भने ।

जवाफमा सिंहले पनि आफूले पनि जवाफ दिएको बताएका छन् । दुबै नेताबीच अब यो विषयलाई अगाडि नबढाउने र एक अर्काबीच व्यक्तिगत टिप्पणी नगर्ने सहमति भएको नेता सिंहनिकटका एक नेताले बताए ।

दुई नेताबीच पार्टीको १४ औं महाधिवेशनमा मिलेर जाने विषयमा कुराकानी भएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४