Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

शेयर बजारमा झण्डै ७० अंकको वृद्धि, आधा दर्जन कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, कार्तिक ३० २०७८
  • 2.6K
    SHARES

काठमाडौं । मंगलबार सेयर बजारको परिसूचक नेप्से झण्डै ७० अंकले बढेको छ । लगातार दोस्रो दिन दोहोरो अंकले बढेको बजार परिसूचक नेप्से मंगलबार ६९.२२ अंकले बढेर २७८४.५८ को बिन्दुमा पुगेको छ । कारोबारमा आएका ६ कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने ७ कम्पनीको शेयर मूल्य ९ प्रतिशत भन्दा बढीले वृद्धि भएको छ ।

मंगलबार दोस्रोे बजारमा २२७ कम्पनीको एक करोड ९३ हजार २२१ कित्ता शेयर खरिद बिक्री हुँदा कारोबार रकम ५ अर्ब ५२ करोड १६ लाख रुपैयाँ पुगेको छ । जसमा १७१ कम्पनीको शेयर मूल्य बढेको छ भने १५ कम्पनीको मात्रै शेयर मूल्यमा गिरावट आएको छ । एक कम्पनीको शेयर मूल्यमा कुनै परिवर्तन देखिएन ।

मंगलबार कारोबारमा आएका सबै उपसमूहमा हरियाली छाएको छ । मंगलबार महालक्ष्मी विकास बैंक, नेशनल हाइड्रोपावर कम्पनी र अपि पावर कम्पनीको शेयरमा लगानीकर्ताको आकर्षण देखिएको छ । महालक्ष्मीको ३७ करोड २६ लाख, नेशनलको ३० करोड ४२ लाख र अपिको २३ करोड ३६ लाख रुपैयाँ भन्दा बढीको शेयर दोस्रो बजारमा खरिद बिक्री भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४