Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

इन्धनको मूल्यवृद्धिविरुद्ध गरिएको नेपाल बन्दको उपत्यकामा आंशिक असर


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, कार्तिक ३० २०७८
  • 2.5K
    SHARES

काठमाडौं । पेट्रोलियम पदार्थमा गरिएको भारी मूल्यवृद्धिको विरोधमा नेत्रविक्रम चन्द नेतृत्वको नेकपाले गरेको नेपाल बन्दको आंशिक प्रभाव देखिएको छ ।

उपत्यकामा सार्वजनिक यातायात र शैक्षिक क्षेत्रमा प्रभाव परे पनि बजार र निजी सवारीमा भने खाशै असर देखिएको छैन । उपत्यकामा विहान सार्वजनिक सवारी साधनहरू न्युन मात्रामा चल्दा विहानको समयमा घर बाहिर निस्कनेहरुले भने सास्ती भोग्नु परेको छ ।

यस्तै रात्री वसमा काठमाडौं आएकाहरुले सार्वजनिक सवारी नपाउँदा सास्ती भोग्नु परेको छ । नयाँबसपार्क, कलंकी, कोटेश्वर, बल्खु, लगायतका स्थानमा यात्रुले सार्वजनिक यातायातका लागि प्रतीक्षा गरिरहेका देखिन्छन् ।

उपत्यकाबाट ज्यादै कम मात्रामा लामो दूरीका गाडीहरु बाहिरिएका छन् । उपत्यकामा निजी सवारी साधन भने सामान्य अवस्थामा चलेका छन् । विद्यालय तथा कलेजहरु भने आज ठप्प रहेका छन ।

उपत्यकाका चोकचोकमा सुरक्षाकर्मीहरूको बाक्लो तैनाथी देखिन्छ । बन्दका क्रममा कुनै अप्रिय घटना नभएको र बन्दकर्ताले जबर्जस्ती नगरेको प्रहरीले जनाएको छ । विहानै काठमाडौंको साँखुबाट २ र महारागञ्जबाट ३ गरी ५ जनालाई नियन्त्रणमा लिइएको पनि प्रहरीले जनाएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४