Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

पहिलो पुस्तकको कथा : पहिलो पुस्तकको सबै प्रति प्रेसबाटै जफत गरियो


  • जन प्रहार
  • प्रकाशित मिति शनिबार, कार्तिक २७ २०७८
  • 10.5K
    SHARES

मेरो पहिलो पुस्तक प्रकाशनको घटना निकै रोचक छ । धेरै लेखकको जीवनमा यस्तो घटना नहुन पनि सक्छ तर मेरो जीवनमा भने पहिलो पुस्तकको संस्मरण अविष्मरणीय छ ।

सन् ७० को दशकमा दार्जिलिङमा ‘नेपाली साहित्य सञ्चयिका’ भन्ने प्रकाशन संस्था थियो । त्यसका संस्थापक शिवराज शर्मा आफैं घरघर गएर ग्राहक बनाई पुस्तक बिक्री गर्नुहुन्थ्यो । लेखकहरूलाई हौस्याएर पुस्तक प्रकाशन गर्नुहुन्थ्यो । साहित्यिक माहोल तयार पार्नुहुन्थ्यो ।

एकदिन शर्माजी गुहावटी आएको बेला मैले उहाँको लागि दुई सय जनाजति ग्राहक बनाइदिएँ । मेरो सहयोगपछि प्रशन्न भएर उहाँले भन्नुभयो, ‘अविनाशजी तपाईले मलाई धेरै सहयोग गर्नुभयो यसका लागि धन्यवाद । म तपाईंको कवितासंग्रह प्रकाशन गर्न चाहन्छु ।’

त्यतिबेला म बिएस्सी अन्तिम वर्ष पढ्दै गरेको केटा थिएँ । आफूले लेखेका कविताहरू जम्मा पारेर एउटा संग्रहको पाण्डुलिपि तयार राखेको थिएँ । शर्माजीको आग्रहलाई स्वीकार गरेर उहाँको हातमा त्यसको पाण्डुलिपि थमाएँ ।

शर्माजी दार्जिलिङ फर्किनुभयो । मैले त दुईचार महिनामा मात्र छापिएला भन्ने सोचेको थिएँ । उहाँले त एक सातामै कविता प्रेसमा पठाएर आठ थान नमूना प्रति छापेर पठादिनुभयो ।

चिल्लो कागजमा छापिएको ‘परेवा : सेता-काला’ हातमा पाउँदा म यतिविघ्न खुसी भएँ कि गुहावटी वरपरका साथीभाइलाई आफ्नो कवितासंग्रह छिटै प्रकाशन हुने बताएँ । चिनेजानेका सबैलाई आफ्नो कविताकृति आउन लागेको खबर सुनाउन भ्याएँ ।

तर कवितासंग्रह नै आउन त त्यो प्रतिलिपि कपि प्रेसमा गई छापिनुपथ्र्यो । यसका लागि केही समय लाग्थ्यो । उता शर्माजीले मेरो कवितासंग्रहसहित आफ्ना अन्य छाप्नुपर्ने पुस्तक बनारसको दीपक प्रेसमा पठाउनुभएछ ।

दुर्भाग्यवश, त्यहीबेला मेरो पनि छापिएका सबै कविताका किताब जफत गरी जलाइएछ । बनारसको प्रेसमा सबै किताब जफत भएपनि शर्माजीले मसँग उहाँले पठाएको असी पेजको नमुना कवितासंग्रह धेरै वर्षसम्म सुरक्षित थियो । अहिले हरायो

त्यहाँको प्रेसमा पनि धमाधम छाप्ने काम भइरहेको थियो । तर दुर्भाय के भयो भने, एकदिन प्रेसमा प्रहरीले छापा मार्‍यो । त्यतिबेला भारतमा इन्दिरा गान्धीले संकटकाल लगाएकी थिइन् । विद्रोहीले त्यही प्रेसमा आफ्ना पर्चा तथा पुस्तक छाप्ने गर्छन् भनेर सरकार पक्षले छापा मारेको रहेछ ।

दुर्भाग्यवश, त्यहीबेला मेरो पनि छापिएका सबै कविताका किताब जफत गरी जलाइएछ । बनारसको प्रेसमा सबै किताब जफत भएपनि शर्माजीले मसँग उहाँले पठाएको असी पेजको नमुना कवितासंग्रह धेरै वर्षसम्म सुरक्षित थियो । अहिले हरायो ।

यसरी १९७६ मा बजारमा जानुपर्ने पुस्तकको अध्याय समाप्त भयो । योबीचमा म साहित्यिक गतिविधि र लेखनमा सकि्रय भएँ । पुस्तक प्रकाशन गर्ने सोच यतिकै रहिरहेको थियो ।

सन् १९८१ को जुन महिनामा हरिभक्त कटुवाल स्मृति ग्रन्थ प्रकाशन गर्न बनारस गएँ । त्यहाँ असमका मेरा पुराना साथी डम्बरबहादुर प्रधानसँग भेट भयो । गफगाफ हुँदा प्रधानजीले भने, ‘अविनाशजी तपाईंको कवितासंग्रह प्रकाशन गर्न ढिला भएन र ? किन प्रकाशन नगर्नुभएको ?’

उहाँको प्रश्नले म झस्किएँ । लेखेका कविताहरू त निकै भइसकेको थियो तर संग्रह प्रकाशन भएको थिएन । यसैले मैले आफ्ना सबै किताब छापिँदा-छापिँदै जफत भएको कुरा उहाँलाई सुनाएँ ।

यता देहरादुनमा अखिल नेपाल भारतीय साहित्य सम्मेेलन हुँदै थियो । त्यहाँ कवितासंग्रह पुर्‍याउन सक्यो भने राम्रो संख्याका बिक्री हुन्छ भनेर डम्बरजीले जोड गरेपछि मेरो अर्को कवितासंग्रह प्रकाशन गर्ने तयारी सुरु भयो । मैले पनि कविताको प्रुफ हेर्न हुन्छ भनेर पाण्डुलिपि बोकेर गएको थिएँ ।

अन्ततः एक सातासम्म डम्बर प्रधानजीकै सकि्रयतामा धमाधम पुस्तक छाप्ने काम गरियो । ‘संवेदना/ओ संवेदना’ नाम गरेका कवितासंग्रह ‘मणितारा’ प्रकाशनको नामबाट २२ सय प्रति छापियो ।

म कामविशेषले देहरादुन सम्मेलनमा त जान सकिनँ । मलाई एकसय प्रति पुस्तक छाडेर डम्बरजीले बाँकी सबै प्रति देहरादुन लगेर बेचिदिनुभयो ।

समय बित्दै गयो । फेरि १९८४ मा ‘नेपाली साहित्य परिषद् असम’बाट मेरो जफत गरिएको पहिलो संग्रह ‘परेवा : सेता-काला’ छापियो । बल्ल मलाई राहत महसुस भयो कि मेरो हातमा प्रेसबाट आइनपुगेको संग्रह फेरि आयो ।

कसैले तपाईंको जीवनको पहिलो पुस्तक कुन हो भन्यो भने म झस्किन्छु । ‘परेवाः सेता-काला’ भनौं कि ‘संवेदना/ओ संवेदना’ पहिलो पुस्तक हो भनेर म छुट्याउन सक्दिनँ । यो प्रसंग थाहा पाएपछि पाठकहरूले आफैं बुझ्नुहुनेछ भन्ने आशा गर्दछु ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४