Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

आदिवासीको पहिचान झल्किने गरी जनगणना गर्न माग


  • जन प्रहार
  • प्रकाशित मिति बिहिबार, कार्तिक २५ २०७८
  • 4.1K
    SHARES

काठमाडौं, कात्तिक २५ । नेपाल आदिवासी जनजाति महासंघले १२ औं राष्ट्रिय जनगणनामा आदिवासी जनजातिहरुको स्पष्ट पहिचान झल्किने गरी गणना गर्न माग गरेको छ ।

महासंघका अध्यक्ष बरामले १२ औं राष्ट्रिय जनगणनामा आदिवासी जनजातिहरुको स्पष्ट पहिचान झल्किने गरी गणना गर्न माग गर्नुभएको हो । उहाँले विगतका जनगणनामा सरकारले सूचीकृत गरेका आदिवासी जनजातिको गणना नगरिएको भन्दै यस वर्ष सम्पूर्णको गणना गर्नुपर्ने बताउनुभयो ।

अध्यक्ष बरामले कतिपय आदिवासी जनजातिको गणना भएपनि जातजाति भित्रको उपथरको स्पष्ट रुपमा पहिचान हुन नसकेको बताउनुभयो । उहाँले यसपटक सरकारले जनजातिहरुको उपथरलाई पहिचान गरी त्यसको संख्या जनजातिको संख्या भित्रै आउनेगरी गणना गर्न माग गर्नुभयो ।

अध्यक्ष बरामले नेपालमा बहुभाषी मानिसहरु भएपनि कम मात्रामा बोलिने भाषाको जनगणना नै नहुने गरेकाले कुनै भाषा बोल्ने एकजना मात्रै छ भनेपनि उसको गणना गरेर सार्वजनिक गर्नु पर्नेमा जोड दिनुभयो ।

अध्यक्ष बरामले आदिवासी जनजातिहरु विभिन्न धर्ममा आवद्ध रहेको भन्दै उनीहरुको जनसंख्या धेरै रहेको भएपनि जनगणनामा जबरजस्ती हिन्दु धर्मावलम्वीहरुको संख्या बढाउने गरिएको बताउनुभयो । यस पटकको जनगणनामा आदिवासी जनजातिहरुले मान्ने धर्महरुको सम्बन्धमा यथार्थ रुपले गणना गरी सही तथ्यांक समेटिनुपर्ने उहाँले बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४