Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

“भ्रष्ट प्रधानन्यायाधीश राजीनामा देऊ”


  • जन प्रहार
  • प्रकाशित मिति बिहिबार, कार्तिक २५ २०७८
  • 9.4K
    SHARES

काठमाडौं । आन्दोलनरत कानुन व्यवसायीहरुले बिहीबार सर्वोच्च अदालत परिसरमै प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराविरुद्ध चर्को नाराबाजी गरेका छन् ।

बिहीबार अदालत परिसरमा धर्ना दिन पुगेका कानुन व्यवसायीहरुले ‘भ्रष्ट प्रधानन्यायाधीश राजीनामा दे !’ भन्दै नाराबाजी गरेका हुन् । वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारीका अनुसार सर्वोच्च अदालत परिसरमा प्रधानन्यायाधीशलाई भ्रष्ट भन्दै नारा लगाएको उनले पहिलो पटक सुनेका हुन् ।

प्रधानन्यायाधीश जबराको राजीनामा माग गर्दै नेपाल बार एशोसिएसनले आन्दोलन गर्दै आएको छ भने सर्वोच्चकै न्यायाधीशहरुले बन्दी प्रत्यक्षीकरण बाहेकका मुद्दाको सुुनुवाइ गरेका छैनन् । बिहीबार सर्वोच्च परिसरमा भेला भएका कानुन व्यवसायीहरुलाई सम्बोधन गर्दै सर्वोच्च अदालत बार एशोशिएसनका अध्यक्ष पूर्णमान शाक्यले अहिलेको नेतृत्व परिर्वतन नगरेसम्म सुधार नहुने बताए ।

‘अब उहाँले छोड्नैपर्छ, उहाँले छोडेन भने हामी भौतिक रुपमा गेटमा अवरोध गर्नुपर्ने अवस्था आउँछ । त्यतिबेला हामी जेलनेल खान पनि तयार छौं,’ उनले भने ।

न्यायपालिकालाई बचाउनुपर्ने भन्दै उनले नारा लगाए, ‘भ्रष्ट प्रधानन्याधीश राजीनामा दे !’

सहभागीहरुले पनि त्यसलाई पछ्याए, ‘भ्रष्ट प्रधानन्याधीश राजीनामा दे ! राजीनामा दे !!’

शाक्यले फेरि नारा लगाए, ‘विचौलिया नाइके राजीनामा दे !’ सहभागी कानुन व्यवसायीहरुले पनि त्यसलाई पछ्याए, ‘विचौलिया नाइके राजीनामा दे ! राजीनामा दे !!’

सर्वोच्च परिसरमा धर्ना दिएका कानुन व्यवसायीहरुले ‘चोलेन्द्रका मतियार, होसियार होसियार !!’, ‘भ्रष्ट प्रधानन्याधीश राजीनामा दे ! राजीनामा दे !!’ जस्ता नारा लगाएका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४