Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

नेकपा एसनिकट अनेरास्ववियूले भन्यो- ‘पेट्रोलियम पदार्थको मूल्यवृद्धि अत्याचारको पराकाष्टा’


  • जन प्रहार
  • प्रकाशित मिति बिहिबार, कार्तिक २५ २०७८
  • 2.7K
    SHARES

काठमाडौं । सत्तारुढ दल नेकपा (एकीकृत समाजवादी)को विद्यार्थी संगठन अनेरास्ववियूले पेट्रोलियम पदार्थमा भइरहेको निरन्तरको मूल्यवृद्धिलाई अराजकताको पराकाष्टाको संज्ञा दिएको छ ।

अध्यक्ष सुदेश पराजुलीले बिहीबार एक विज्ञप्ति जारी गरेर पेट्रोलियम पदार्थमा भइरहेको मूल्यवृद्धि तत्काल खारेज गर्न माग गर्दै अत्याचारको पराकाष्टा रोक्न माग गर्नुभयो । उहाँले आफूहरूको माग सम्बोधन नगरिए आन्दोलन गर्न बाध्य हुने चेतावनी समेत दिनुभयो ।

‘हिजोमात्रै पेट्रोल, डिजेल, मट्टितेल र खाना पकाउले ग्यासमा भएको मूल्य वृद्धिले आम जनताको ढाड सेक्ने काम भएको छ । निरन्तर रुपमा भइरहेको मूल्य वृद्धि अत्याचारको पराकाष्टा हो,’ विज्ञप्तिमा भनिएको छ, ‘यस्ता जनविरोधी कदमको अनेरास्ववियु घोर भत्संना गर्दै शृखलाबद्ध रुपमा भइरहेको मूल्य वृद्धि तत्काल खारेज गर्न जोडदार माग गर्दछ ।’

नेपाल आयल निगमले बुधबारराति देखि लागू हुने गरी पेट्रोल, डिजेल, मट्टितेलमा प्रतिलिटर तीन रुपैयाँ र खाना पकाउने एलपी ग्यासमा प्रतिसिलिण्डर ७५ रुपैयाँ मूल्यवृद्धि गरेको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४