Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

२०७७ को मदन पुरस्कार इङ्नाम र जगदम्बाश्री थापालाई हस्तान्तरण


  • जन प्रहार
  • प्रकाशित मिति बुधबार, कार्तिक २४ २०७८
  • 4.6K
    SHARES

काठमाडौं। मदन पुरस्कार गुठीले बुधबार वर्ष २०७७ को ‘मदन पुरस्कार’ लेखक भगिराज इङ्नाम र ‘जगदम्बा श्री’ सम्मान नृत्यशास्त्री भैरब बहादुर थापालाई हस्तान्तरण गरेको छ ।

बुधबार पाटनढोकामा आयोजित कार्यक्रममा गुठीका अध्यक्ष कुन्द दीक्षितले दुवै स्रष्टालाई पुरस्कार र सम्मान हस्तान्तरण गरे  ।

लेखक इङ्नामको अनुसन्धानमुलक पुस्तक ‘लिम्बुवानको ऐतिहासिक दस्तावेज संग्रह सम्वत् १७१९-२०२०’का मदन पुरस्कार दिइएकाे हो । साथै नृत्यशास्त्री थापालाई छ दशकभन्दा बढी नेपाली नृत्यमा गरेको योगदानका लागी जगदम्बाश्री हस्तान्तरण गरिएको हो ।गत वर्ष इङ्नाम र थापा दुवैका पुस्तक प्रकाशित भएका थिए र दुवै श्रेष्ठ पुस्तकको सूचीमा परेका थिए । समारोहमा ऋतु संस्कृतिबारे इतिहासकार गौतमव्रज ब्रजाचार्यले अमेरिकाबाट भर्चुअल रुपमा विद्वत् प्रवचन प्रस्तुत गरे ।

गुठीले मदन पुरस्कार-२०७७ का लागि विभिन्न ९ वटा पुस्तकहरू छनोट गरेको थियो । जसमा गिरी श्रीस मगरको ‘एकलव्यको देब्रे हात’, कृष्ण अविरलको ‘करिया’, कुमार नगरकोटीको ‘कल्प-ग्रन्थ’, भैरव बहादुर थापाको ‘नृत्याक्षर विज्ञान’, प्रभा बरालको ‘फिलिङ्गो’, लेखनाथ क्षेत्रीको ‘फुलाङ्गे’, केशव दाहालको ‘मोक्षभूमि’, जेसन कुँवरको ‘रमिते’ र भगिराज इङ्नामको ‘लिम्बुवानको ऐतिहासिक दस्तावेज संग्रह सम्वत् १७१९-२०२०’ परेका थिए।

२०१३ देखि साहित्य, अनुसन्धान र दर्शनमा आधारित कृतिलाई दिइँदै आएको मदन पुरस्कार पहिलोपटक संस्कृतिविद् सत्यमोहन जोशी, चित्तरञ्जन नेपाली र बलराम जोशीले पाएका थिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४