Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

“प्रधानन्यायाधीश जबरा कठोर निर्णय लिने तयारीमा”


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, कार्तिक २३ २०७८
  • 3.5K
    SHARES

काठमाडौं, / प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा अदालतको काम सुचारु गर्न कडा रुपमा प्रस्तुत भएका छन् । उनले तिहारलगत्तै अदालत खुलेपछि इजलास तोकेर अदालतको काम कारबाहीलाई सुचारु गर्न थालेका हुन् । “यसअघि विद्रोहमा उत्रिएका न्यायाधीशहरु ब्याक हुन थालेका छन् । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामाका लागि दबाब सृजना गर्न इजलास बहिष्कार गर्दै आएका न्यायाधीशहरुमध्ये केही न्यायाधीश फर्किएका छन् । उनीहरु इजलासमा बसेर आदेश समेत जारी गरेका छन् ।”

आज प्रधानन्यायाधीश जबराले इजलास तोकेका न्यायाधीशहरु कुमार चुँडाल र बमकुमार श्रेष्ठ दुवै एकल इजलासमा बसे । विश्वम्भरप्रसाद श्रेष्ठ र मनोजकुमार शर्मा, प्रकाशकुमार ढुंगाना र कुमार रेग्मी, तेजबहादुर केसी र नहकुल सुवेदीको संयुक्त इजलास बस्यो । आज आठजना न्यायाधीश इजलासमा फर्किनुलाई अर्थपूर्ण मानिएको छ । सर्वोच्च अदालतका २० न्यायाधीशमध्ये ८ न्यायाधीश इजलासमा फर्किएपछि प्रधानन्यायाधीश जबरामाथि राजीनामाको दबाब फितलो हुँदै गएको बुझिएको छ । भोलिबाट जबराले थप न्यायाधीशहरुका लागि इजलास तोक्ने भएका छन् ।

इजलासमा बस्ने कि नबस्ने भन्नेबारे विद्रोहमा उत्रिएका न्यायाधीशहरुलाई स्पष्ट पार्न प्रधानन्यायाधीश जबराले आग्रह गर्ने बुझिएको छ । त्यसै अनुसार उनले भावी कदम चाल्ने भएको निकट स्रोतले जानकारी दिएको छ । उनले त्यसपछि कठोर निर्णय लिने तयारी समेत गरेको बुझिएको छ ।

विश्वस्त स्रोतका अनुसार विगतमा आफूलाई मार्ग प्रशस्त गर्न भनेका न्यायाधीशहरुलाई प्रधानन्यायाधीश जबराले इजलास नबस्ने भए मार्ग प्रशस्त गर्न भन्ने तयारी समेत गरेका छन् । अब कि राजीनामा दिनुपर्ने कि इजलासमा फर्कनुपर्ने वाध्यतामा विद्रोहमा उत्रिएमा न्यायाधीशहरु परेका छन् ।

तिहार अगाडि नै नेपाली काँग्रेस निकट कानुन व्यवसायीको संगठन डिएलए र नेकपा एमाले निकट कानुन व्यवसायीको संगठन पीपीएलएले विज्ञप्तिमार्फत् सर्वोच्च अदालतका न्यायाधीशहरु इजलास बस्न नमान्नु अशोभनीय र अस्वभाविक भनेलगत्तै फरक सन्देश गएको थियो । प्रधानन्यायाधीश जबराको पक्षमा काँग्रेस र एमाले देखिएको स्पष्ट सन्देश गएको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४