Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

प्रधान सेनापति शर्मा चार दिने भारत भ्रमणमा, भोलि भारतीय राष्ट्रपतिले मानार्थ महारथीकाे दर्ज्यानी चिह्न प्रदान गर्ने


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, कार्तिक २३ २०७८
  • 12.3K
    SHARES

काठमाडौं,  । नेपाली सेनाका प्रधान सेनापति प्रभुराम शर्मा भारतको औपचारिक भ्रमणका लागि नयाँ दिल्लीतर्फ जानुभएको छ ।

मंगलबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट शर्मा नयाँ दिल्ली जानुभएको नेपाली सेनाका प्रवक्ता ले जानकारी दिएको छ ।

भारतका स्थल सेनाध्यक्ष एमएम नरवणेको निमन्त्रणामा प्रधानसेनापति शर्मा चार दिने भ्रमणका लागि त्यसतर्फ जानुभएको हो ।

भ्रमण दलमा प्रधान सेनापतिसहित नौं सदस्यीय टोली रहेको सेनाले जनाएको छ ।

प्रधान सेनापति शर्मालाई यही कार्तिक २४ गते भोलि बुधबार भारतीय राष्ट्रपति रामनाथ कोविन्दबाट भारतीय स्थल सेनाको मानार्थ महारथी दर्जाको दर्ज्यानी चिह्न प्रदान गर्ने कार्यक्रम छ ।

भ्रमणका क्रममा प्रधान सेनापति शर्माले भारतका उच्चपदस्थ पदाधिकारीहरुसँग भेट गर्ने कार्यक्रम तय भएको पनि नेपाली सेनाले जनाएको छ ।

शर्माले आजै भारतीय रक्षा सचिव अजय कुमार, भारतीय चिफ अफ डिफेन्स स्टाफ जनरल विपिन रावत, भारतीय सेनाध्यक्ष जनरल एम एम नरवणे र भारतीय वायु सेनाध्यक्ष एयर चिफ मार्शल भि आर चौधरीसँग भेट गर्नुहुनेछ ।

शर्माको अनुपस्थितीमा बलाधिकृत रथी बालकृष्ण कार्कीले कायम मुकायम प्रधान सेनापतिको कार्यभार सम्हाल्ने पनि सेनाले जनाएको छ । शर्मा कार्तिक २६ गते स्वदेश फर्कने कार्यक्रम रहेको छ ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४